News Portal

राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको तेजकुमार राईको कविता तृतिया

हिमालीसंचार संवाददाता
४९९ पटक

काठमाण्डौ – राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय तेजकुमार राईको कविता तृतिया स्थान हासिल गर्न सफल भएका छन् ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगितामा राईको ‘नमेटिने चक्रचिह्न’ शिर्षकको कविताले तृतीय स्थान प्राप्त गरेको हो।

राईले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट रु ३० हजार नगदसँगै प्रमाणपत्र प्राप्त गरेका छन् । खोटाङ सि सिङगीङ आइडलले समेत भईसकेको राई गीत–संगीत क्षेत्रमा समेत उत्तिकै अबल रहेका छन् । उनी निबन्ध लेखन र वक्तृत्वकलामा पनि उत्तिकै दख्खल छन् ।

यस्तै, प्रतियोगितामा कविता तर्फ रामेछापको विक्रम पवन परियार प्रथम र तनहुँको गोविन्द गोपाल खतिवडाको कविता द्धितीय प्राप्त गरेका छन् । विजेताहरुलाई रु.५० हजार, रु. ४० हजार प्रदान गरिएको थियो । ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्धतर्फ इलामको गणेशप्रसाद भट्टराई प्रथम, तेह्रथुमका रेजिना आपगाई द्धितिया र काठमाडौंको प्रेमराज सिलवाल तृतीय भएका थिए ।  विजेता प्रतियोगीहरुलाई रु. ५० हजार, रु. ४० हजार र रु. ३० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। ।

पुरस्कृत प्रतिभाहरूलाई नेपाल प्रज्ञा–प्रतिष्ठान कुलपति गंगाप्रसाद उप्रेतीले फूलमाला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नगद पुरस्कार र प्रधानमन्त्रीले सम्मानपत्र प्रदान गरेका थिए। 

कार्यक्रमको समापनमा प्रधानमन्त्री आलीले नेपाल प्रज्ञा–प्रतिष्ठानमा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायमार्फत् प्रज्ञा–प्रतिष्ठानका कलाकार र सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोकप्यासी राईमार्फत् सांस्कृतिक संस्थानका कलाकारहरूलाई धन्यवादपत्र प्रदान गरेको थियो । सो अवसरमा प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका कलाकारहरूद्वारा नेपालका सात ओटै प्रदेशका लोकसंस्कृति झल्किने साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका साथै सरकारका विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । आयोजित कार्यक्रम सञ्चालन नेपाल टेलिभिजनकी भावना केसीले संचालन गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...