News Portal

कीर्तिपुरको नयाँबजारमा दुर्घटना गरी फरार कार चालक कलंकीमा समातिए

हिमालीसंचार संवाददाता
५४२ पटक

काठमाण्डौ – कीर्तिपुरको नयाँ बजार वानवेमा गलत दिशाबाट आउँदै गरेको एउटा निजी कारले विपरीत दिशाबाट आइरहेको भ्यानलाई ठक्कर दिएर फरार भएका कार चालक कलंकीमा समातिएको छ।

नयाँबजारमा गलत दिशाबाट आउँदै गरेको बा १६ च १३३४ नम्बरको कारले  बा १२ च २८१० नम्बरको भ्यानलाई ठक्कर दिँएको थियो। त्यसपछि किनारमा रोकिएका केही स्कुटर र मोटरसाइकललाई पनि ठक्कर दिएको कीर्तिपुर प्रहरीले जनाएको छ।

कारको ठक्करबाट भ्यानका चालक घाइते भएका छन्। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। घटनापछि फरार रहेका कार चालकलाई प्रहरीले कलंकीबाट नियन्त्रणमा लिएको कीर्तिपुरका डिएसपी रुकेश तण्डुकारले जानकारी दिए। प्रहरीका अनुसार घटना शुक्रबार राति करिब ९ बजेतिर भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...