News Portal

छलफलका लागि प्रहरी कार्यालय गएनन् पल शाह, निर्देशक अरुण प्रधानविरुद्ध पनि उजुरी

हिमालीसंचार संवाददाता
३६४ पटक

रोहित राई/धरान – चलचित्रकर्मी महासंघ प्रदेशक १ का अध्यक्ष अरुण प्रधानमाथि दुव्र्यवहार र भौतिक आक्रमणको आरोप लागेका नायक पल शाह छलफलको लागि प्रहरी कार्यालयमा आउन मानेका छैनन्। प्रधानले नायक शाह र उनका मेनेजर कृष्णप्रसाद जोशीविरुद्ध हिजो बिहिबार प्रहरीमा उजुरी दिएका थिए।

सोही विषयमा प्रहरीले शाह र जोशीलाई छलफलको लागि दिउँसो ४ बजे बोलाएको थियो । तर, छलफलको लागि जोशी मात्र ईलाका प्रहरी कार्यालय धरानमा पुगेका छन्। दुवै पक्षबीच छलफलको लागि बोलाइएको तर पल शाह भने उपस्थित नभएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

दुवै पक्ष छलफलमा बसेर सहमति नगरे प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने उनको भनाइ छ। अध्यक्ष प्रधानले घटनाका मुख्य पात्र पल शाह नै नआएको कारण आफू  छलफलमा नबसेको बताए। ‘पल शाह आएको छैनन्। पल शाह म आफै हो भन्दै कृष्ण जोशी आए’,’उनले भने, छलफलको लागि पल आफै आउनु पर्छ।’

प्रधानविरुद्ध पनि उजुरी !
पल शाहका मेनेजर जोशीले अरुण प्रधानविरुद्ध पनि प्रहरीमा उजुरी दिएका छन्। शुक्रबार उनले प्रहरीमा निवेदन दिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए। दुवै पक्षको निवेदन आएको र दुवै पक्ष आपसी छलफलमा जुटेर सहमति नगरे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढ्ने ओलीले बताए।

उजुरीमा अरुण प्रधानले पल शाहलाई दुव्र्यवहार गरेको लगायत आरोप लगाइएको छ। प्रहरीले घटना भएको धरान १० स्थित ज्वाँई खाना घरबाट सिसिटिभी फुटेज पनि अनुसन्धानको लागि ल्याएको छ। ‘पल शाहलाई पनि बोलाउने कुरा छ। दुवै पक्ष छलफलमा बसेर सहमति भएन र, अनुसन्धान गर्नुपर्ने भयो भने सिसिटिभी फुटेज हेर्ने, अरु थप प्रक्रिया अघि बढ्छ,’प्रहरी निरीक्षक ओलीले भने।

पल शाह र मेनेजरले माफी नमागे प्रदेशका हलमा फिल्म प्रतिबन्ध लगाउने चेतावनी !
प्रधानले नायक पल शाहको निर्देशनमा जोशीले आफुमाथि आक्रमण गरेको कारण लिखितरुपमा माफी माग्नुपर्ने अडान राखेका छन्। त्यसो नगरे सिसिटिभी फुटेजको आधारमा कानुनी प्रक्रिया अघि बढ्ने र शाहको चलचित्रलाई प्रदेश १ मा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

दुई दिनअघि(बुधबार) नायक शाह म्युजिक भिडियोको सुटिङ गर्न धरान आएका थिए। सोही दिन साँझ उनलाई स्वागत गर्न र शनिबार हुने चलचित्र क्षेत्र सम्बन्धी अन्र्तक्रियामा अतिथिकोरुपमा निमन्त्रणा गर्न प्रधान ज्वाँई खाना घरमा पुगेका थिए। नायक शाहसँग असझदारी भएर विवाद बढ्दै जाँदा प्रधानमाथि मेनेजर जोशीले आक्रमण गरेको आरोप छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...