News Portal

  • नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी, छलफलका लागि प्रहरी कार्यालय धरानमा बोलाईयो

    हिमालीसंचार संवाददाता
    ३५९ पटक

    विराटनगर – नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ। आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्।

    प्रधानमको निवेदन परेपछि शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।

    म्युजिक भिडियोको सुटिङका लागि धरान आएका शाहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ। कुटपिट अघि दुव्यर्वहार गरेका शाहले होटल ज्वाई खानामा रहेकाबेला ८-१० जनाको टोली नै बोलाएको प्रधानले बताए।

    ‘कार्यक्रमका विषयमा छलफल गर्दा उनले दुव्र्यवहार गरे,’ प्रधानले भने, ‘त्यहीँबाट ८-१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे। शाहको निर्देशनमा जोसीले आक्रमण गरे।’

    आफूमाथि आक्रमण भएपछि उजुरी गरेको उनले बताए। ‘म्युजिक भिडियोको सुटिङका लागि आउनु भएको थियो, लोकेशन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँ,’ उनले भने ‘तर ममाथि नै आक्रमण भएपछि उजुरी दिए।’ शाहले म्युजिक भिडियोको सुटिङ बिहीबार नै सकेका थिए।

    पल शाह भन्छन्–‘दुर्व्यवहार ममाथि भएको हो’

    नायक पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन्। अरुणले पलविरुद्ध इलाका प्रहरी कार्यलय धरामा उजुरी दिएको खबर सार्वजनिक भएसँगै अनलाइनखबरसँग कुरा गर्दै पलले भने–‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं। खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दुर्व्यवहार गर्नुभयो।’

    पलले अगाडि भने–‘एउटा कार्यक्रमका लागि अरुणजीले मलाई जानुपर्छ भनेपछि मैले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भनेको थिएँ। यसपछि अरुणजीले मलाई ए यो भाई ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै औला नै ठड्याएर कुरा गर्नुभयो। कृष्णले अरुणजीलाई तपाइले बोल्ने तरिका यही नै हो, हामी त गेष्ट हौं भनेका थिए। मलाई अरुणजीले उल्टै औंला देखाएर पिट्न खोज्नुभयो।’

    सोही समयमा कृष्ण र अरुणविच धकेलाधकेल पनि भएको पलले बताए। पलले भने–‘सामान्य विवाद भएपछि हामी अर्को टेबलमा खाना खान गयौं। होटलका वेटरहरुले मेरो धरानको बेष्ट फ्रेन्डलाई फोन गर्नुभएछ। यसपछि २–३ जना साथीहरु आउनुभयो। उहाँहरुले के भयो भनेर सोध्नुभयो, अनी हामी त्यहाँबाट निस्कियौं। भएको यत्ती मात्र हो।’

    पलले कुनै पनि कार्यक्रममा जाने वा नजाने कलाकारको आफ्नो निर्णयको कुरा भएको भन्दै हरेक व्यक्तिलाई सम्मान गर्न आवश्यक रहेको बताए। उनले भने–‘हामी त धरानमा आफ्नो कामका लागि आएका थियौं। अरुणजीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जाने वा नजाने मेरो व्यक्तिगत कुरा हो। तर, मैले म्यानेजरसँग कुरा गर्नुहोस् भन्दा उल्टै ठूलो भएको, घमण्डीपना देखाएको भन्दै दुव्र्यवहार गर्न खोजियो। (अनलाइनखबरबाट)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...