News Portal

बझाङका अमृत सिंहका हत्याआरोपी पुर्पक्षका लागि कारागार चलान

हिमालीसंचार संवाददाता
३८३ पटक

बझाङ – बझाङका अमृत सिंहको हत्याका ५ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको हो।

पुर्पक्षका लागि कारागार चलान गरिएकाहरुमा छबिसपाथिभेरा गाउँपालिका–३ का विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत रहेका छन्। घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जयबहादुर रोकायालाई भने, एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको तर, सो रकम तिर्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिए।

हत्याको अभियोग लागेका पाँचै जना यस अगाडि प्रहरी हिरासतमा थिए। गएको माघ १३ गते बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो। सोही विषयलाई लिएर वडाध्यक्ष विकास ऐडी र उनका भाइसहितको टोलीले सिंहलाई खुँडा प्रहार गरी हत्या गरेका थिए। हत्या गरिएका सिंह नेपाल तरुण दलमा आवद्ध थिए।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...