News Portal

सांसद भट्टराईले गरे ‘अरिंगाल’ को बचाउ, कांग्रेससँग डरायो ओली सरकार

हिमाली संचार संवाददाता
५९० पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टराईले कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने बताएका छन् ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा भट्टराईले कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको ब्याङ्ग्य गर्दै अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा सक्रिय हुने बताए। ‘त्यसकारण अरिङ्गाल औषधि हो’, उनले भने ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकारका विरोधीहरूविरुद्ध अरिङगाल झै जाइलाग्न निर्देशन दिएका थिए ।

ओलीकै निर्देशनअनुसार नेता भट्टराईले कांग्रेसविरुद्ध अभिव्यक्ति दिएका हुन् । कांग्रेसको आलोचनाबाट डराउँदै आएका ओलीले आफूलाई बचाउ गर्न अरिंगालको कुरा ल्याएको आरोप छ ।

नेकपाका नेता भट्टराईले प्रसंगवश आएको शब्दको पछाडि लाग्न नहुने बताए । ‘प्रसंगवश आएका कतिपय कुराहरूलाई मुख्य धारणा बनाउने हो भने फसिन्छ’, उनले भने, ‘यस्ता शब्दकै पछि लाग्ने हो भने धेरै भाषण गर्न सकिन्छ ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...