News Portal

सांसद भट्टराईले गरे ‘अरिंगाल’ को बचाउ, कांग्रेससँग डरायो ओली सरकार

हिमाली संचार संवाददाता
६४० पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टराईले कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने बताएका छन् ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा भट्टराईले कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको ब्याङ्ग्य गर्दै अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा सक्रिय हुने बताए। ‘त्यसकारण अरिङ्गाल औषधि हो’, उनले भने ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकारका विरोधीहरूविरुद्ध अरिङगाल झै जाइलाग्न निर्देशन दिएका थिए ।

ओलीकै निर्देशनअनुसार नेता भट्टराईले कांग्रेसविरुद्ध अभिव्यक्ति दिएका हुन् । कांग्रेसको आलोचनाबाट डराउँदै आएका ओलीले आफूलाई बचाउ गर्न अरिंगालको कुरा ल्याएको आरोप छ ।

नेकपाका नेता भट्टराईले प्रसंगवश आएको शब्दको पछाडि लाग्न नहुने बताए । ‘प्रसंगवश आएका कतिपय कुराहरूलाई मुख्य धारणा बनाउने हो भने फसिन्छ’, उनले भने, ‘यस्ता शब्दकै पछि लाग्ने हो भने धेरै भाषण गर्न सकिन्छ ।’

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...