News Portal

  • राष्ट्रपतिमाथि पनि उठ्यो नैतिक प्रश्न?

    हिमालीसंचार संवाददाता
    २८६ पटक

    काठमाडौं – प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री केपी ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि नैतिक प्रश्न उठेको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरि निर्वाचनको मिति घोषणा गरेको ६५ दिनपछि संवैधानिक इजलासले उक्त निर्णय बदर गरेको हो ।

    सर्वोच्च अदालतले फैसलाको ५ नम्बर बुँदामा भनेको छ, ‘अब, रिट निवेदनको मागअनुसार आदेश जारी गर्नुपर्ने वा नपर्ने के हो भन्ने पाँचौ प्रश्नका सम्बन्धमा विचार गर्दा संघीय संसदको प्रतिनिधिसभाको विघटनको लागि नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाहरुको अभावमा तथा संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल सम्माननीय प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा (१) र (७), धारा ८५ तथा संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम भनी संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटनका लागि सम्माननीय राष्ट्रपति समक्ष गर्नुभएको मिति २०७७।९।५ को सिफारिस तथा सो बमोजिम सम्माननीय राष्ट्रपतिबाट सोही मितिमा भएको प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्ति समेतका तत् सम्बन्धी सम्पूर्ण काम कारवाहीहरु असंवैधानिक भएकोले प्रारम्भदेखि नै कानूनी प्रभाव शून्य रहने गरी उत्प्रेषणको बदर हुने ठहर्छ ।’ 

    साथै, फैसलामा उपर्युक्त बमोजिम जारी गरिएको आदेशको परिणामस्वरुप संघीय संसदको प्रतिनिधिसभा उक्त असंवैधानिक विघटनभन्दा पहिलेकै स्थितिमा पुनस्र्थापित भई यथास्थितिमै काम गर्न सक्षम र समर्थ रहेको उल्लेख छ । 

    कानुनका जानकारहरुका अनुसार फैसलाको यो भाषाले उक्त मितिको निर्णय र त्योसँगै भएका जेजे निर्णय छन्, त्यो मात्रै कानुनी रुपमा बदर हुनेछन् । यसको अर्थ नियुक्तिहरुका सन्दर्भमा भने कुनै असर गर्नेछैन । तर संसदले विषेश कानुनहरु बनाएर ती नियुक्तिहरुलाई निश्प्रभावी भने बनाउन सक्नेछ । 

    संविधानविद् डा.भिमार्जुन आर्चायकाअनुसार संसद विघटन गर्ने निर्णय कानुनी रुपमा कार्यपालिकाले गरेकाले सरकारमाथि कानुनी प्रश्न उठेको छ । सरकारमाथि कानुनी प्रश्न उठे पनि राष्ट्रपतिमाथि यस्तो प्रश्न नउठ्ने उनको भनाई छ । ‘यसबाट राष्ट्रपतिमाथि नैतिक प्रश्नचाहीँ उठ्यो तर कानुनी रुपमा प्रश्न उठ्दैन’ उनले भने । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...