News Portal

सर्वोच्च अदालतको फैसलापछि प्रमुख प्रतिपक्षी काँग्रेस नेताहरुको प्रतिक्रियाः कसले के भने ?

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाण्डौ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसका नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाको सम्मान गर्दै स्वागत गरेका छन् । सर्वोच्चको फैसला आएलगत्तै उनले विज्ञप्तिमार्फत नेपाली काँग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको उल्लेख गरेका छन् । देउवाले अदालतको फैसलालाई सबैले स्वागत गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको र फैसलाले सत्यको जित भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उल्लेख गरेका छन् । पौडेलले सर्वोच्चलाई धन्यवाद दिँदै आफूले भन्दै आएको र सत्यभन्दा माथि शासक हुन नसक्नेसमेत स्पष्ट पारेका छन् ।

 त्यस्तै, नेपाली काँग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाले विज्ञप्तिमार्फत सर्वोच्चको स्वागतयोग्य भएको बताएका छन् । यसले स्वतन्त्र न्यायपालिका, संवैधानिक सर्वोच्चता, विधिको शासन, लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने आमनेपाली जनताको भरोसा टुट्नबाट जोगाएको उल्लेख गरेका छन् । आगामी दिनमा पनि देश र जनताको आस्थाको केन्द्रबिन्दुको रुपमा न्यायपालिकाको गरिमा यसैगरी कायम रहनेछ भन्ने विश्वास उनले व्यक्त गरेका छन् ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सर्वोच्च अदालतले संविधानको मर्म र भावनाअनुसार निर्णय गरेको बताएका छन् ।  उनले एक विज्ञप्ति जारी गरी फेरि एकपटक विधिको शासनको जित भएको दाबी गरेका छन् । सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको रक्षा गर्दै जनताको जित भएको बताएका छन् भने युवा नेता गगनकुमार थापाले पनि अदालतले बिना भय र दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याएको बताएका छन् । यो फैसलाले न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको थापाले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...