News Portal

संविधान दिवसलाई कालो दिवस मनाएका राजनीतिक दल पनि लोकतान्त्रिक मेलामा !

हिमाली संचार संवाददाता
६८९ पटक

काठमाडौं – संविधान दिवसको उपलक्ष्यमा आजदेखि लोकतान्त्रिक मेला शुरु भएको छ । असोज ६ गतेसम्म चल्ने सो लोकतान्त्रिक मेलामा चारवटा राष्ट्रिय दल सहभागी भएको छ । चारवटै दलले आ–आफ्नो स्टल राखेको छ ।

स्टलबाट आ–आफ्नो पार्टीको बारेमा जानकारी दिनुको साथै लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनको विषयमा जनताले गर्ने जिज्ञासाको जवाफमा दिने कार्य सम्बन्धित दलले गर्नेछ ।

संविधान दिवसको उपलक्ष्यमा संविधान कार्यान्वयनका लागि आयोजित मेलामा मधेशी केन्द्रीत दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल समेत भाग लिएको छ ।

असोज ३ गते संविधान दिवसको दिन कालो दिवस मनाएका राजपा र फोरम नेपाल पनि सो कार्यक्रममा भाग लिनुलाई धेरैले अनौठो रुपमा लिइएको छ । एकातिर संधिवान दिवसलाई कालो दिवसको रुपमा मनाउने भनि अर्कोतिर त्यसको कार्यान्वयका लागि हुने मेलामा पनि भाग लिने भएको छ ।

राजपा नेपालले स्टल पनि राखेको छ । सो स्टलमा राजपा नेपालका अध्यक्ष मण्डलका छ जना सदस्यको फोटो समेत राखिएको छ । त्यसका साथै मधेश आन्दोनलमा सहिद भएकाहरुको तस्विर राख्नुको साथै प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुको पनि तस्विर राखिएको छ ।

राजपा नेपाल विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्राका अनुसार स्टलमा पार्टीका नेता र सहिदको तस्विर राख्नुको साथै मिथिला पेन्टिङ पनि राखिएको छ । साथै पार्टीका डकुमेन्ट र पर्चा पनि राखिएको उनले बताए ।

मेलामा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ । त्यसमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेसका सभापति शेरबहादुर देउवा, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पनि धारण राख्ने कार्यक्रम रहेको बताइएको छ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले असोज ६ गते आफ्नो मन्तव्य राख्ने बताइएको छ ।

राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग उत्कृष्ट संसदीय अभ्यासहरु तथा कानुन निर्माण प्रक्रियाको विषयमा अन्तरक्रिया हुनेछ भने र फोरमका अध्यक्ष उपेन्द्र यादवसँग २१ औं शताब्दीमा संघीय लोकतान्त्रिक तथा शक्ति विकेन्द्रीकरण विषयमा अन्तरक्रिया गरिने विधान समितिका सभापति पर्शुराम मेघी गुरुङले जानकारी दिए ।

नेकपाका अध्यक्ष प्रचण्डसँग ‘समावेशी लोकतन्त्रः राजनीतिमा महिला नेतृत्व’ र काँग्रेसका सभापति देउवासँग ‘२१ औं शताब्दीमा लोकतन्त्र’ भन्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

त्यस्तै, फोरम नेपालले तीन विषयमा कार्यशाला गोष्ठी गर्ने जिम्मेवारी पाएको छ । मेलामा हुने कार्यशाला गोष्ठीमा फोरम नेपाल केन्द्रीय सम्पर्क समितिले असोज ५ गते ‘२०७२ को संविधान संशोधन अपरिहार्य किन ?’ भनि विषयमा आफ्नो प्रस्तुती दिने बताइएको छ ।

कार्यक्रममा नेपाल, भारत, केन्या, बेलायत, श्रीलंका र डेनमार्कका सांसदहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...