आज : २०२६-०७-२२, बुधबार

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले लगाईन कोरोना विरुद्धको खोप

युवा राई/हङकङ – हङकङमा कोरोना विरुद्धको खोप उद्धाटन हङकङकी राज्य प्रमुख क्यारी लाम चेङ युत-ङोरले लगाएर गरेकी छिन। उनी संगै सरकारको केही उच्च अधिकारीहरुले पनि आज सोमबार कोरोना विरुद्धको खोप लगाएर उद्धाटन गरेकी हुन्।

हङकङका कानुनमन्त्री टेरेसा चेङ यक वाह, प्रशासन मन्त्री म्याथिउ च्यङ, जनसेवा मन्त्री पेट्रीक निप, खाद्य तथा स्वास्थ मन्त्री सोफिया च्यान, आवास तथा यातायात मन्त्री फ्रयाङ्क च्यान, संवैधानिक तथा मुलभुमी मामला मन्त्री  एरिक चाङ, मजदुर तथा लोक कल्याण मन्त्री डाक्टर ल चि क्वङ र रक्षामन्त्री जोन लि का चिउलाई सेन्ट्रल लाइब्रेरी कम्युनिटी टेस्टिङ सेन्टर कजवे बेमाले पनि कोरोना विरुद्धको खोप लगाएका छन्।

संचार जगतले भ्याक्सिन ग्रहणको यो कार्यबिधि लाइभ प्रशारण गरेको थियो । चीनमा निर्मित १० लाख थान साइनोभ्याक भ्याक्सिन फेब्रुअरी १९ तारीख हङकङ भित्रीएको थियो भने वायोएन्टेक जर्मनी भ्याक्सिन यही महिनाको अन्त तिर हङकङ आउदैछ।

हङकङ सरकारले यहि फेब्रुअरी २६ तारिखदेखि जनता समक्ष खोप पुर्याउने जनाएको छ। यही फेब्रुअरी २३ तारिखदेखि आफ्नो नाम दर्ता गर्न सक्ने सरकारले जनाएको छ।