News Portal

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले लगाईन कोरोना विरुद्धको खोप

हिमालीसंचार संवाददाता
३६० पटक

युवा राई/हङकङ – हङकङमा कोरोना विरुद्धको खोप उद्धाटन हङकङकी राज्य प्रमुख क्यारी लाम चेङ युत-ङोरले लगाएर गरेकी छिन। उनी संगै सरकारको केही उच्च अधिकारीहरुले पनि आज सोमबार कोरोना विरुद्धको खोप लगाएर उद्धाटन गरेकी हुन्।

हङकङका कानुनमन्त्री टेरेसा चेङ यक वाह, प्रशासन मन्त्री म्याथिउ च्यङ, जनसेवा मन्त्री पेट्रीक निप, खाद्य तथा स्वास्थ मन्त्री सोफिया च्यान, आवास तथा यातायात मन्त्री फ्रयाङ्क च्यान, संवैधानिक तथा मुलभुमी मामला मन्त्री  एरिक चाङ, मजदुर तथा लोक कल्याण मन्त्री डाक्टर ल चि क्वङ र रक्षामन्त्री जोन लि का चिउलाई सेन्ट्रल लाइब्रेरी कम्युनिटी टेस्टिङ सेन्टर कजवे बेमाले पनि कोरोना विरुद्धको खोप लगाएका छन्।

संचार जगतले भ्याक्सिन ग्रहणको यो कार्यबिधि लाइभ प्रशारण गरेको थियो । चीनमा निर्मित १० लाख थान साइनोभ्याक भ्याक्सिन फेब्रुअरी १९ तारीख हङकङ भित्रीएको थियो भने वायोएन्टेक जर्मनी भ्याक्सिन यही महिनाको अन्त तिर हङकङ आउदैछ।

हङकङ सरकारले यहि फेब्रुअरी २६ तारिखदेखि जनता समक्ष खोप पुर्याउने जनाएको छ। यही फेब्रुअरी २३ तारिखदेखि आफ्नो नाम दर्ता गर्न सक्ने सरकारले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...