News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • जब प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनसँग भने, ‘प्रतिवाद गर्न खोजेको हो त ?’

    हिमालीसंचार संवाददाता
    २३७ पटक

    काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्। प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन्।

    गत फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी फर्केपछि प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनबीच केही कुराकानी भएको थियो। कुराकानीका क्रममा ओलीले पुनलाई अपमानजनक व्यवहार गरेको स्रोतको दाबी छ।

    प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन बसेको आसननजिकै गएर सार्वजनिक रूपमै राजनीतिक भाषण गरेको भन्दै उनीप्रति असन्तुष्टि पोखेका थिए। उपराष्ट्रपति पुनले आफूले कुनै पनि प्रकारको राजनीतिक भाषण नगरेको र आवश्यक परे भाषणको विषयवस्तु नै पठाउन सक्ने बताए पनि ओलीले असन्तुष्टि व्यक्त गरेका थिए।  

    ओलीले पुनसँग प्रतिवाद गर्न खोजेको हो त भनेर प्रश्न गरेका थिए। त्यसपछि उपराष्ट्रपति पुनले तपाईंचाहिँ संविधानविपरीत काम गर्दै हिँड्ने भनेपछि ओली आफ्नो आसनतिर गएका थिए।

    उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीबीचको संवाद सुनिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले भने असजिलो महसुस गरेका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    १७ वर्षीया किशोरीकाे बलात्कार आरोपी युवक पक्राउ

    दाङ। दाङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

    ओली सरकार सडकबाट ढल्ने अमरेशको दाबी

    काठमाडौं। प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेसहितको गठबन्धन...

    सिरियाको दोस्रो ठूलो सहर एलेप्पो विद्रोही समूहको कब्जामा

    एजेन्सी। सिरियाको विद्रोही समूहले एलेप्पो सहरका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। बेलायतस्थित सिरियन अब्जर्भेटरी...

    पूर्वमन्त्री अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्ने आदेश

    काठमाडौं। काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्ने...

    अछाममा असई चन्दले आफैलाई हाने गोली

    धनगढी। अछाममा नेपाल प्रहरीका एक जना असईले आफैलाई गोली प्रहार गर्दा घाइते भएका छन्। अछामको...