News Portal

बारामा ६ लाख घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

हिमालीसंचार संवाददाता
३२१ पटक

बारा – बारा जिल्लाको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियार दुरूपयोग अनुसन्धानआयोगको टोलीले ६ लाख घुस रकमसहित शुक्रबार राति पक्राउ गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको जग्गा सर्जमिन गरी पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुब्बा खनाल शुक्रबार राति ७ बजे अख्तियारको नियन्त्रणमा परेका हुन्।

जग्गापास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सुचनापछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काठमाडौंबाट आएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ।

उनीहरूलार्ई सिमरास्थित एक होटलबाट रङ्गेहात पक्राउ गरिएको हो। घुसबापतको रकम लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। (नेस)

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...