आज : २०२६-०८-०८, शनिबार

बारामा ६ लाख घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बारा – बारा जिल्लाको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियार दुरूपयोग अनुसन्धानआयोगको टोलीले ६ लाख घुस रकमसहित शुक्रबार राति पक्राउ गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको जग्गा सर्जमिन गरी पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुब्बा खनाल शुक्रबार राति ७ बजे अख्तियारको नियन्त्रणमा परेका हुन्।

जग्गापास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सुचनापछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काठमाडौंबाट आएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ।

उनीहरूलार्ई सिमरास्थित एक होटलबाट रङ्गेहात पक्राउ गरिएको हो। घुसबापतको रकम लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। (नेस)