News Portal

  • आन्दोलनको मापन नागरिक होइन प्रहरीका टाउका गनेर हुन्छ : खगेन्द्र संग्रौला

    सेनाले सधैँ टुँडिखेल बन्द गरेर राखे यो शहरका सभ्य नागरिकले बाटिका बनाउनका निम्ति टुँखिलको ढोका फोर्छन्

    हिमालीसंचार संवाददाता
    २३५ पटक

    काठमाण्डौ – लेखक तथा विश्लेशक खगेन्द्र संग्रौलाले नागरिक नभई प्रहरीको टाउको गनेर नागरिक आन्दोलनको शक्ति नापिने बताएका छन् ।  बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको मार्चपासलाई सम्बोधन गर्दै उनले तानशाह डराएपछि आफूसँग भएका सबै शक्ति नागरिकका आगाडी पठाउने बताए ।

    संग्रौलाका अनुसार: ‘तनाशाह जब डराउँछ, नागरिकका अगाडी आफूसँग भएका सबै शक्ति पठाउँछ ।  त्यसले प्रहरी पठाउछ, सेना पठाउछ, र तोप पठाउँछ ।  त्यसले नागरिक आन्दोलन तपाईंहरूको प्रयत्नबाट बलियो भइरहेको छ’ उपस्थित जनसमुदायहरुलाई औल्याउदै भनेका थिए। 

    संग्रौलाले नेपाली सेनाले नागरिक खेल्ने र डुल्ने टुँडिखेल कब्जा गरेको समेत बताए ।  नेपाली सेनाले सधैँ टुँडिखेल बन्द गरेर राखे यो शहरका सभ्य नागरिकले बाटिका बनाउनका निम्ति टुँखिलको ढोका फोर्ने उनले बताए ।

    ‘आज हामीले टुँडिखेल नागरिकको हो भनेर उद्घोष गरेका छौँ । टुँडिखेल नागरिक हुने छ,’ उनले भने ‘आज हाम्रो लागि टुँडिखेलको ढोका खोलिएन ।  यदि सधैँ टुँडिखले बन्द भयो भने टुँडिखेलको ढोका फोरिने छ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...