News Portal

मधेसी नेताको विरोध गर्ने प्रदेश २ प्रमुखमा नियुक्त राजेश झा को हुन् ?

हिमालीसंचार संवाददाता
३६० पटक

काठमाण्डौ – भर्खंरै प्रदेश २ मा नियुक्त भएका प्रदेश प्रमुख डा. राजेश (अहिराज) झा पत्रकार तथा मधेस मामिला विश्लेषक हुन् । मधेस आन्दोलन तथा मधेसवादका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनी मधेस आन्दोलनलाई नजिकबाट नियाल्ने गर्छन् । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका उनी आरक्षण र मधेसी नेताको विरुद्ध कडा रुपमा प्रस्तुत हुने गर्दछन् ।

उनले यसअघि आफ्नो फेसबुकमार्फत् लेखेका छन्, ‘आरक्षणको आधार जात हुनु आफैमा विभेद हो। किनकि, स​बै ख​स आर्य शोषक होइनन​, स​बै मधेशी पीडित होइन​न्। स​बै द​लित ग​रिब छैनन्, स​बै जन​जाति अन​प​ढ छैन​न् । कुनै जात धनी वा गरिब हुन सक्दैन।’

कानून विषयमा स्नातक गरेका उनी अधिवक्ताको लाइसेन्स समेत लिइसकेको बताइन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा र नेकपा प्रचण्ड–नेपाल समूहको विपक्षमा चर्को आलोचना गर्दै आएका उनी मधेशवाणी पत्रिका समेत सञ्चालन गर्दछन् । अनामनगरको हनुमानस्थानस्थित उनको मिडिया हाउस समेत रहेको छ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...