News Portal

मधेसी नेताको विरोध गर्ने प्रदेश २ प्रमुखमा नियुक्त राजेश झा को हुन् ?

हिमालीसंचार संवाददाता
३९० पटक

काठमाण्डौ – भर्खंरै प्रदेश २ मा नियुक्त भएका प्रदेश प्रमुख डा. राजेश (अहिराज) झा पत्रकार तथा मधेस मामिला विश्लेषक हुन् । मधेस आन्दोलन तथा मधेसवादका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनी मधेस आन्दोलनलाई नजिकबाट नियाल्ने गर्छन् । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका उनी आरक्षण र मधेसी नेताको विरुद्ध कडा रुपमा प्रस्तुत हुने गर्दछन् ।

उनले यसअघि आफ्नो फेसबुकमार्फत् लेखेका छन्, ‘आरक्षणको आधार जात हुनु आफैमा विभेद हो। किनकि, स​बै ख​स आर्य शोषक होइनन​, स​बै मधेशी पीडित होइन​न्। स​बै द​लित ग​रिब छैनन्, स​बै जन​जाति अन​प​ढ छैन​न् । कुनै जात धनी वा गरिब हुन सक्दैन।’

कानून विषयमा स्नातक गरेका उनी अधिवक्ताको लाइसेन्स समेत लिइसकेको बताइन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा र नेकपा प्रचण्ड–नेपाल समूहको विपक्षमा चर्को आलोचना गर्दै आएका उनी मधेशवाणी पत्रिका समेत सञ्चालन गर्दछन् । अनामनगरको हनुमानस्थानस्थित उनको मिडिया हाउस समेत रहेको छ ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...