News Portal

  • आफू अनुकुल प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा राजापुरका नगरप्रमुखले गरे काम ठप्प

    हिमालीसंचार संवाददाता
    २६० पटक

    निर्मल घिमिरे/बर्दिया – राजापुर नगरपालिकाका नगरप्रमुखको निर्देशनमा नगरपालिका कार्यालयको कामकाज ३ दिनदेखि ठप्प भएको छ। आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा काठमाडौ बसेर कार्यालयमा काम नगर्न कर्मचारीलाई निर्देशन दिएको खुलेको छ।

    नगरप्रमुखको निर्देशन पालना गर्दे नगरपालिकाका शाखा प्रमुख राजापुर नगरपालिका उपस्थित भएका छैनन्। प्रशासन प्रमुख खड्गवहादुर वली र लेखा प्रमुख वसन्त मल्ललाई साथ लिएर नगरप्रमुख थारुले अन्य कर्मचारीलाई कार्यालयमा हाजिर गर्न दिएको कर्मचारीले बताए।

    राजापुर नगरपालिकामा कार्यालय कामकाज तीन दिनदेखि काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। हाजिर रष्जिष्टर लिएर लेखा प्रमुख र प्रशासन प्रमुख अनुगमनको बहानामा नेपालगंजमा घुमफिर गरिरहेको स्रोतको दावी छ। नगरपालिका भित्रका आधा दर्जन शाखा प्रमुख अधिकांश कार्यालय नआएको ३ दिन भएको एक कर्मचारीले बताए।

    नेकपाका प्रचण्ड-माधव नेपाल समूहको आन्दोलनलाई समर्थन गर्न काठमाडौ गएका राजापुर नगरपालिका नगरप्रमुख शिवप्रसाद थारुले कार्यालय नआएर कर्मचारीलाई काम नर्गन दवाव दिएका हुन्। प्रचण्ड-माधव नेपाल समूहको आन्दोलनलाई सशक्त बनाउन कार्यालयको स्रोतसाधन दुरुपयोग आलोचना खेपिरहेका नगरप्रमुख थारु र उपप्रमुख मनकला चौधरीको विरोधमा प्रतिपक्ष जनप्रतिनिधि अर्को आान्दोलनको तयारी गरेको छ।

    यतिवेला आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत नहुँदा यसअघि भएका गलत काम सार्वजनिक हुनेकि भन्ने मनोत्रासमाा नगरप्रमुख थारु रहेको एक वडा अध्यक्षले बताए। नेकपाभित्र भएको फुटपछि नगरप्रमुख थारु र उपप्रमुख चौधरी प्रचण्ड-माधव नेपाल समूहको आन्दोलनलाई सशत्त बनाउन नगरपालिकाको स्रोत साधन दुरुपयोग गरेको आरोप छ।

    जिल्लाभित्र हुने आन्दोलनका लागि नगरपालिका स्रोतसाधन प्रयोग गरेर नगरपालिका आर्थिक भार व्योहोर्न परेको भन्दै कांग्रेसका समर्थक पनि नगरप्रमुख र उपप्रमुखदेखि रुष्ट छन्। नगरप्रमुख र उपप्रमुखको धम्की र मानसिक यातनापछि कर्मचारी आंतकित भएको उनीहरुको भनाइ छ। दुई वर्ष अघिदेखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत खुलेर माओवादी समर्थक अभिव्यक्ति दिँदासमेत विरोध नजनाएको राजापुर नगरपालिक वडा नम्बर ४ का अध्यक्ष रमन रेग्मीले बताए।

    ‘२० जना कार्य समितिमा कांग्रेसका १५ जना छन्’ वडा अध्यक्ष रेग्मीले भने,‘तत्कालिन हाकिम वसन्तराज अधिकारी माओवादी हुँ भन्दा हामी चुप लाग्यौ, विरोध गर्दा सेवाग्राही मर्कामा पर्छन् भनेर विरोध भएन, मन्त्रालयले सिनियर शाखा अधिकृत पठाउँदा कर्मचारी कार्यालय नआउन धम्की दिने नगरप्रमुखको कस्तो रवैया हो।’

    स्रोतका अनुसार प्रचण्ड-माधव नेपाल पक्षधर नगरप्रमुख थारुले आन्दोलनको नाममा लाखौं रुपैयाँ खर्च गरेको र विल भर्पाइ मिलाउन असहज हुने भएपछि नगरप्रमुख थारु र उपप्रमुख चौधरी मिलिमत्तोमा कार्यालयको कामकाज ठप्प पार्न उर्दी गरेको स्रोतको दाबी छ। खर्च सार्वजनिक हुने होकि भन्ने मनोत्रास रहेकाले नगरप्रमुख र उपप्रमुख नयाँ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध खनिएका वडाध्यक्षको आरोप छ।

    कर्मचारीका अनुसार पहिलेका प्रमुख प्रशासकीय अधिकृत चिरिन्जिवि गिरी र लालवहादुर योगीलाई समेत नगरप्रमुख थारुले पटकपटक मानसिक दबाब दिँदै आएका कारण सरुवा मागेर गएको आरोप नगरप्रमुख थारु लागेको अर्को आरोप हो। राजापुर नगरपालिकामा १० वटा वडा छन्। त्यसमध्ये ७ वटा कांग्रेसका प्रतिनिधिले वडा जितेका छन्।

    कार्यपालिकामा २० जनामा १५ जना कार्यपालिका सदस्य कांग्रेसका जनप्रतिनिधि छन्। बहुमत कार्यपालिका नयाँ प्रमुख प्रशासकीय अधिकृत पक्षमा देखिएका छन् भने नगरप्रमुख र उपप्रमुख नयाँ प्रमुख प्रशासकीय अधिकृतको विरोधमा छन्।

    आफूलाई मन्त्रालयले सरुवा गरेपछि कार्यालयमा हाजिर हुन आएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए। ‘नगरप्रमुख फोन गरेको दिएको मानसिक यातना सहेर बस्नु परेको छ,’ उनले भने, अहिले मेरो भन्नु केही छैन, मन्त्रालयले सरुवा गरेको ठाउँमा नगएर कहाँ जाउँ त ?’ नगरप्रमुखले निर्देशन अनुरुप काम गर्ने वाचा गर्दा गर्दे मलाई नस्वीकार्नु विडम्बना भएको उनको भनाइ छ।

    ८ वटा पालिका प्रमुख भएर अधिकृत न्यौपानेले काम गरिसकेका छन्। जहाँ गएपनि न्यौपाने भष्टाचारविरुद्धमा काम गर्दा सेवाग्राही माँझ लोकप्रिय र परिचित अधिकृत हुन्। मन्त्रालयले आफूलाई नसोधेर प्रमुख प्रशासकीय अधिकृत खटाएकाले रुष्ट भएको नगरप्रमुख थारुले बताए। ‘अपारदर्शी नगरप्रमुख भनेर लगाएको आरोप कपोकल्पित हो’ उनले भने,‘स्थानीय सरकारलाई वा नगरप्रमुखलाई सोधेर कायालय प्रमुख नखटाएकाले मेरो विरोध हो।’

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal