News Portal

मोटरसाइकलदेखि मंगलसूत्र चोरीको आरोपमा ६ जना पक्राउ

४९६ पटक

लहान – सिरहा प्रहरीले जिल्लाको दुई ठाउँबाट मोटरसाइकलदेखि मंगलसूत्र चोरीको आरोपमा संलग्न रहेको आरोपमा छजनालाई पक्राउ गरी कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ। प्रहरीले छ जनाकै नाम भने खुलाएको छैन।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव खरेलका अनुसार तीन दिनअघि सिरहा नगरपालिका २२ हकपाराका संजयकुमार सिंहले आफ्नो घरपसल अगाडि पार्किङ गरी राखेको मोटरसाइकल तथा स्थानीय देवकुमार महतोको पसल फोडेर नगद चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थाहाखबरमा समाचार छ।

पक्राउ गरिएका चार जनाले सिंहको स. ५ प ९०४ नम्बरको डिस्कभर मोटरसाइकल तथा महतोको पसलबाट नगद र सरसामानसहित १२ हजार ६४५ रुपैयाँ चोरी गरेको प्रहरी प्रवक्ता खरेलले बताए। पक्राउ गरिएकाहरूबाट चोरी भएको मोटरसाइकल, नगद एक हजार ४८५ रुपैयाँ, भा.रु. १३३ समेत बरामद गरिएकाले सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नगर प्रमुखकी श्रीमतीको मंगलसूत्र लुटपाट 

त्यस्तै, सिरहाको मिर्चैया नगरपालिका १ बाट मिर्चैया नगरपालिकाका प्रमुखकी श्रीमतीको मंगलसूत्र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नगर प्रमुख श्रवण कुमार यादवकी श्रीमती चन्द्रकलादेवी यादवले घाँटीमा लगाएको एक तोलाको सुनको मङ्गलसूत्र तीन दिनअघि फरार भएको आरोपमा प्रहरीले खोजतलास गर्ने क्रममा मंगललसूत्रसहित एक जनालाई पक्राउ गरी सात दिनको म्याद थप गर्दै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सिरहा नगरपालिका ७ ट्राफिक चोक घर भएका जितेन्द्र यादवको घरबाट नगद र गरगहना चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार यादवको घरमा राखिएको ९४ हजार पाँच सय रुपैयाँसहित सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा सिरहा सदरमुकामबाट नगद तीन हजार रुपैयाँ, एक तोलाको सुनको तिलहरी एक थान, चाँदीको १० तोलाको दुई पायलसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...