News Portal

सुनसरीमा गाेली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या, भाग्ने क्रममा प्रहरीलाई पनि गोली प्रहार

हिमाली संचार संवाददाता
६०४ पटक

सुनसरी–   हरिनगर गाउँपालिका २ भूताहामा रहेकाे एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षकाे गाेली हानी हत्या भएको छ ।

भारतबाट आएको हतियारधारी समूहले  रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुई जनाकाे संख्यामा मोटरसाइकलमा आएका ती हतियारधारी समूहले उनको बिहिबार बिहान साढे ११ बजे गोली प्रहार गरी हत्या गरेका हुन् ।

हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ ।

गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको बताइएकाे छ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...