News Portal

मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाबाट आर्थिक सहयोग हस्तान्तरण

हिमालीसंचार संवाददाता
४५० पटक

हल्दिबारी- वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिवारी-३ की मिर्गौलारोगी मन्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य रास्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले सामाजिक उत्तरदायित्व बहन गरेर झापाली समाज माल्टाको नेतृत्वमा उक्त सहयोग संकलन गरी हस्तान्तरण गरेको समाजका संयोजक शर्मिला बस्नेतले जानकारी दिएकी छन् ।

झापा जिल्ला हल्दिवारी -३ निवासी मृगौलारोगी मन्जु ठकुरीको उपचारका लागि सहयोग गर्न वडाध्यक्ष रोशन शिवाकोटीले पत्राचार गरेपछि माल्टामा कार्यरत ३५ जना दाताहरूबाट संकलित रकम ९० हजार नेपाली रुपैयाँ संकलन गरिएको संयोजक बस्नेतले बताएकी छन् ।

फागुन २ गते आइतबार झापाली समाज माल्टाका प्रतिनिधि एगराज राउतले पीडित बिरामीको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् । सहयोग रकम बुझदै पीडित ठकुरीले झापाली समाज माल्टा र सहयोगी दाताहरु सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...