News Portal

गाउँपालिका अध्यक्षको घोषणा : आफ्नो १ वर्षको तलव कटाएर एम्बुलेन्स किन्ने

हिमाली संचार संवाददाता
१०१० पटक

कालीकोट – कालिकोटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नो १ वर्षको तलब नलिने घोषणा गरेका छन् । आफ्नो १ वर्षको तलव र अन्यसंघसंस्थाको सहयोगमा गाउँपालिकाका लागि एम्बुलेन्स किन्ने घोषणा अध्यक्ष बमले गरेका हुन् ।

तलब र संघसंस्थाबाट अाएको रकमले एम्बुलेन्स खरिद गर्न अपुग भएको र बाँकी रकमसमेत आफैले सहयोग गर्ने अध्यक्ष बमले घोषणा गरे ।

विभिन्न संघसंस्था र गाउँपालिकाबाट छुट्याइएको ३ लाख ७८ हजार ७ सय १५ रुपैयाँ छ । प्रदेश सरकारले गाउँपालिका अध्यक्षका लागि तोकेको मासिक पारिश्रमिक तीस हजारका दरले १६ मैनाको ४ लाख ८० हजार हुन्छ । यो सहित जम्मा ८ लाख ५८ हजार ७१५ रुपैयाँ जम्मा हुने अध्यक्ष बमले जानकारी दिए । र, बाँकी अपुग रकम पनि आफैले सहयोग गरी एम्बुलेन्स खरिद गरिने उनले बताए ।

यसअघि यो गाउँपालिकाले श्रमदल गठन गरी गाउँपालिका भित्रका युवाहरूलार्इ रोजगार दिएको थियो भने उच्च माबिको पढाइ समेत निशुल्क गरेको थियो । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...