News Portal

गाउँपालिका अध्यक्षको घोषणा : आफ्नो १ वर्षको तलव कटाएर एम्बुलेन्स किन्ने

हिमाली संचार संवाददाता
९४८ पटक

कालीकोट – कालिकोटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नो १ वर्षको तलब नलिने घोषणा गरेका छन् । आफ्नो १ वर्षको तलव र अन्यसंघसंस्थाको सहयोगमा गाउँपालिकाका लागि एम्बुलेन्स किन्ने घोषणा अध्यक्ष बमले गरेका हुन् ।

तलब र संघसंस्थाबाट अाएको रकमले एम्बुलेन्स खरिद गर्न अपुग भएको र बाँकी रकमसमेत आफैले सहयोग गर्ने अध्यक्ष बमले घोषणा गरे ।

विभिन्न संघसंस्था र गाउँपालिकाबाट छुट्याइएको ३ लाख ७८ हजार ७ सय १५ रुपैयाँ छ । प्रदेश सरकारले गाउँपालिका अध्यक्षका लागि तोकेको मासिक पारिश्रमिक तीस हजारका दरले १६ मैनाको ४ लाख ८० हजार हुन्छ । यो सहित जम्मा ८ लाख ५८ हजार ७१५ रुपैयाँ जम्मा हुने अध्यक्ष बमले जानकारी दिए । र, बाँकी अपुग रकम पनि आफैले सहयोग गरी एम्बुलेन्स खरिद गरिने उनले बताए ।

यसअघि यो गाउँपालिकाले श्रमदल गठन गरी गाउँपालिका भित्रका युवाहरूलार्इ रोजगार दिएको थियो भने उच्च माबिको पढाइ समेत निशुल्क गरेको थियो । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...