News Portal

रंगेली नगरपालिका स्थित मिनिल्याण्ड स्कुलले विधार्थीहरुलाई भव्य स्वागत ग’यो

हिमालीसंचार संवाददाता
४२२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ स्थित रहेको मिनिल्याण्ड इग्लीस बोङिग स्कुलले बिगत बर्ष झै यस बर्ष पनि कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ ।

विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएको ८२ जना विधार्थीहरुलाई स्वागत तथा सम्मान गरेको हो । आयोजित कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिका प्रमुख दिलिप वगडीया, अतिथिहरुमा शिक्षा शाख प्रमुख रबिन्द्र पंडित, वडाअध्यक्ष रामचन्द्र मंन्डल, टंक आचार्य, विद्यालयका प्रिन्सीपल विर्कण कार्की, दिपेन्द्र थापा, आतिश पौडेल, बुद्धिनाथ झा, अबिषेक अधिकारी लगायतको उपस्थिति समेत रहेको थियो ।  

विधालयलेले बिगत बर्षदेखि ११ कक्षाको पठनपाठन सुरु गरेपछि  यस क्षेत्रका छात्र-छात्राहरुले भने विराटनगर सम्म गएर उच्च शिक्षाका लागि जानु नपर्ने, आफ्नै घर आँगनमा उच्चशिक्षा लिन पाएकोमा आफूहरु खुशी भएको स्थानीय प्रियंका शर्माले बताईन ।   

रंगेलीमै कक्षा ११ र १२ को पठनपाठन  गरी  गुणस्तीय शिक्षा प्रदान गर्न विधालयले अबसर प्राप्त गरेको र आभिभावकहरुको सहयोग र साथ उतिकै आबस्यक रहेको छ। आगामी दिनहरुमा विज्ञान तथा अन्य संकायका विषयहरु समेत थपिदै लैजाने जाने विधालयको प्रिन्सिपल बिकर्ण कार्कीले बताए । 

सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई खादा र अविर साहित सम्मान गरिएको थियो ।  स्वागत कार्यक्रममा विधार्थीहरुले विभिन्न चर्चित गितहरुमा आर्कषक नृत्य तथा गायन प्रस्तुत गरेर मनोरञ्चन समेत गराएका थिए ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...