News Portal

मोरङको सुनवर्सिमा गाई-गारुको स्वास्थ्य परिक्षण

हिमालीसंचार संवाददाता
३१९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका पशुपंक्षी सेवा शाखाले वाझोपन निवारण सम्बन्धि एक दिने शिविर सम्पन्न गरेको  छ।

सो गाउपालिकाको वाडा न. ४ कुडेलीको महेन्द्र निम्न माध्यमिक बिधालयमा शिविरको आयोजना गरिएको थियो । सो शिविरमा १  सय ८४ घर धुरिका पशु चौपायाको स्वास्थ्य उपचार गरिएको थियो। 

शिविरमा पशुको नाम्ले, जुका, चर्चरे तथा भ्यागुते रोग लागेका पशु चौपायाको नि:शुल्क उपचार गर्नुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको थियो । उक्त सेवामा २ हजार २ सय वटा गाई, गोरु, बाख्रहरुको परीक्षण गरिएको मेडिकल उपचार गरिएको  पशु सेवा प्राविधिक प्रमुख अनिल झाले बताए ।  

अब गर्मीको समय सुरु भएको हुनाले पशुहरुको दुव्लो शरीर कमजोर भएको गाई-गोरुहरुलाई नाम्लेको औषधी र भिटामिन समेत खुवाउनु पर्ने बताएका छन। उद्घाटन कार्यक्रममा पशु डाक्टर सुशील कुमार अधिकारी, डाक्टर राधेवन्द्र तिवारी डाक्टर संन्जय यादव, शंकर यादव,  रंजित झा लगायतको उपस्थिति समेत रहेको थियो ।  

विभिन्न रोगका कारण पशु चौपाया विरामी हुने हुदा गाउपालिकाको प्रतेक वडामा पशु स्वास्थ्य सिविरका आयोजना  समेत गर्दे आएको  पशु सेवा का प्रमुख अनिल झाले बताए ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...