News Portal

मोरङको सुनवर्सिमा गाई-गारुको स्वास्थ्य परिक्षण

हिमालीसंचार संवाददाता
३०३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका पशुपंक्षी सेवा शाखाले वाझोपन निवारण सम्बन्धि एक दिने शिविर सम्पन्न गरेको  छ।

सो गाउपालिकाको वाडा न. ४ कुडेलीको महेन्द्र निम्न माध्यमिक बिधालयमा शिविरको आयोजना गरिएको थियो । सो शिविरमा १  सय ८४ घर धुरिका पशु चौपायाको स्वास्थ्य उपचार गरिएको थियो। 

शिविरमा पशुको नाम्ले, जुका, चर्चरे तथा भ्यागुते रोग लागेका पशु चौपायाको नि:शुल्क उपचार गर्नुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको थियो । उक्त सेवामा २ हजार २ सय वटा गाई, गोरु, बाख्रहरुको परीक्षण गरिएको मेडिकल उपचार गरिएको  पशु सेवा प्राविधिक प्रमुख अनिल झाले बताए ।  

अब गर्मीको समय सुरु भएको हुनाले पशुहरुको दुव्लो शरीर कमजोर भएको गाई-गोरुहरुलाई नाम्लेको औषधी र भिटामिन समेत खुवाउनु पर्ने बताएका छन। उद्घाटन कार्यक्रममा पशु डाक्टर सुशील कुमार अधिकारी, डाक्टर राधेवन्द्र तिवारी डाक्टर संन्जय यादव, शंकर यादव,  रंजित झा लगायतको उपस्थिति समेत रहेको थियो ।  

विभिन्न रोगका कारण पशु चौपाया विरामी हुने हुदा गाउपालिकाको प्रतेक वडामा पशु स्वास्थ्य सिविरका आयोजना  समेत गर्दे आएको  पशु सेवा का प्रमुख अनिल झाले बताए ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...