News Portal

डडेल्धुरामा गठबन्धनलाई धक्का, माओवादी पोलिटब्यूरो सदस्य काँग्रेसमा प्रवेश

१६९९९ पटक

डडेल्धुरा – डडेल्धुरामा कम्युनिष्ट गठबन्धनमाथि ठूलो धक्का परेको छ । आईतबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रस्तावित समानुपातिक उम्मेदवार जगत पार्कीसहितको टोली काँग्रेसमा प्रवेश गरेपछि गठबन्धनमाथि धक्का परेको हो ।

उनीसँगै नेकपा माओबादी केन्द्रका पूर्व जिल्ला ईन्चार्ज जनक कलौनी सहित ७ सय ७६ जना नेता कार्यकर्ताले आलितालमा आयोजित आम सभाबाट नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

उनीहरु काँग्रेसमा प्रवेश गरेसँगै आलितालमा दुई हजार मत काँग्रेसको पक्षमा थप हुने विश्वास गरिएको छ ।

डडेल्धुरा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला हो । यही जिल्लाबाट देउवाले २०४८ सालदेखि अहिलेसम्म चुनाव जित्दै आएका छन् ।

यस पटकपनि देउवाको पक्षमा व्यापक जनलहर देखिएको भएपनि यो पार्टी प्रवेशसँगै देउवाको जीत अझ सहज बनेको छ ।

उनीहरुसँगै असन्तुष्ट पूर्व नगर सभाापति तारी सिंह बोहरा पनि समर्थक सहित काँग्रेसमा फिर्ता भएपछि अझ सभापति देउवाको जीत सहज बनेको हो । अनलाइनपानाबाट

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...