News Portal

  • यी हुन् कांग्रेस नेताको नाममा एनजिओ चलाउनेहरू

    हिमालीसंचार संवाददाता
    ५०१ पटक

    काठमाडौं – नेपाली कांग्रेसले आफूलाई निर्वाचन केन्द्रित बनाएको छ। वैशाखमा हुने निर्वाचन होस् वा दुई वर्षपछि हुने निर्वाचन सबैका लागि कांग्रेस तयारी अवस्थामा छ। कांग्रेसलाई निर्वाचनबाट बहुमतसहितको ठूलो पार्टी बन्छु भन्ने अपेक्षा छ। कांग्रेसका नेताहरूको अभिव्यक्तिले पनि त्यही देखाइरहेको छ। कांग्रेस नेताहरुले आफूलाई जनतामा केन्द्रित बनाउन शुरु गरिसकेका छन्। कांग्रेसका अधिकांश कार्यक्रम गाउँ केन्द्रित छन्।

    कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह निर्वाचनबाट डराइरहेको छ। युवा पुस्तामा लोकप्रिय मानिएका गगन थापा पनि निर्वाचनबाट डराएका छन्। सभापति शेरबहादुर देउवा समूह मात्रै निर्वाचनका लागि तयारी अवस्थामा छ। पौडेल, सिटौला, थापाहरू निर्वाचनबाट डराएपछि कम्युनिस्टहरूको मनोवल उच्च भएको छ।

    कांग्रेसले संसद भङ्ग भएको विषयलाई असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको छ। ओलीको कदमविरुद्ध कांग्रेसले आन्दोलन पनि गरिरहेको छ। पौडेल, सिटौला र थापाहरूले आन्दोलन हुन नसकेको भनेर अभिव्यक्ति दिइरहेका छन्। संसद भङ्ग भएको विषयमा सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतमा रहेको विषयलाई कांग्रेसले प्रभावित बनाउनु हुँदैन।

    कांग्रेसले संविधान र लोकतन्त्रमा विश्वास गर्छ। कतिपयले कांग्रेसलाई उचालेर संसद पुनःस्थापनाको माग उठाएर आन्दोलन गर्न भनिरहेका छन्। कांग्रेसले आन्दोलन गरेको भए सर्वोच्चमा विचाराधीन विषयमा लोकतान्त्रिक दल भन्ने कांग्रेसले संविधान र स्वतन्त्र न्यायालयलाई नमानेको भनेर आलोचना हुने थियो। सभापति देउवाले लिएको नीति उचित छ भन्नेहरू पनि धेरै छन्।

    कांग्रेसमा व्यक्तिवादी चरित्र र स्वार्थ हाबी हुँदै गएको छ। त्यसको प्रभाव आन्दोलनमा परिरहेको छ। पौडेल र सिटौला समूहले प्रचण्ड–माधव नेपाल समूहतिर झुकाब राखेपछि कांग्रेसको आन्दोलन छिल्लो समय प्रभावहीन हुन थालेको छ। केन्द्रीय नेताहरूको मतभेद आन्दोलनमा देखिन थालेको छ। देउवा समूहले निर्वाचनको पक्षमा आफूलाई केन्द्रित बनाएको छ। देउवाले ओली समूहलाई साथ दिएको आरोप लाग्दै आएको छ। देउवाले ओलीलाई साथ नदिएको भए नेकपा विभाजन हुने अवस्थामा जाने थिएन।

    उता, कांग्रेसका केही नेताहरू ओलीविरुद्धको आन्दोलनमा सहभागी हुनुको साटो एनजिओ खोलेर कमाउ धन्दामा लागेका छन्। नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले स्कलु अफ डेमोक्रेसी गठन गरेका छन्। महरले अधिकांश जिल्लामा आफ्नो एनजिओको शाखाहरू गठन गरिसकेका छन्।

    नेपाल तरुण दलको महासचिवबाट कारबाहीमा परेर निस्काशन भएका भुपेन्द्रजंग शाहीले वीपी कोइराला स्टडी युथ सर्कल गठन गरेका छन्। शाहीले आफ्नो फेसबुकमा सेयर गरेका समाचारले एनजिओलाई देशभरि बनाउने तयारीमा छन्। आन्दोलनमा सहभागी हुनुको साटो शाहीले पनि आफ्नो एनजिओमा धमाधम नियुक्तिहरू गरेका छन्।

    केन्द्रीय सदस्य गगन थापाले युथ कांग्रेस बनाएका छन्। थापाको एनजिओले पनि युवाहरूलाई भर्ती गरिरहेको छ। कांग्रेस केन्द्रीय कार्यालयसँग अनुमतिनै नलिएर नेताको नाममा एनजिओ बनाउनेहरूलाई पहिला अनुशासन सिकाउनुपर्छ। होइन भने कांग्रेस भताभुङ्ग हुनेछ।

    सुजाता कोइरालाले गिरिजाप्रसाद फाउण्डेशन बनाएकी छिन्। यो एनजिओले देशभित्र मात्र नभइ विदेशमा पनि शाखा बनाएको छ। नेतृ मृदुला कोइरालाले सुशील कोइराला फाउण्डेशन चलाएकी छिन्। रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले पनि युवा सजगता अभियान नामक एनजिओ चलाएका छन्। पौडेलले पनि जिल्लाहरूमा संगठन विस्तार गरेका छन्। पौडेलले धमाधम एनजिओमा नियुक्तिहरू गर्दै आएका छन्।

    एनजिओका नाममा राजनीति गर्दै आएका युवा नेताहरू कांग्रेसलाई बलियो बनाउनेतिर कहिल्यै ध्यान नदिएको आरोप छ। एनजिओका नाममा राजनीति गर्नेहरू विधान मिचेर काम गर्दा पनि कांग्रेसको नेतृत्व बोलेको छैन। एनजिओ चलाउनेहरूकै बोलवाला छ। उनीहरूकै ठूलो स्वर हुने गरेको छ।

    जिल्लामा राम्रो हैसियत बनाएका कांग्रेसका नेताहरू एनजिओहरूमा मनोनीत हुन तछाडमछाड हुने गरेका छन्। एनजिओमा बस्न खोज्ने नेताहरूले आफ्नो राजनीतिक उचाइँ घटाइरहेका छन्। यस्ता संगठनले कांग्रेसलाई फाइदाभन्दा पनि बेफाइदा भएको चर्चा छ। एनजिओ चलाउने नेताहरू सबै कांग्रेसमा सम्भावना बोकेका छन् तर, राजनीतिभन्दा पनि उनीहरू एनजिओ मोहमा लागेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २२ गतेको राशिफल

    आज असार २२, २०८२ (जुलाई ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...