News Portal

  • महर्षी मेही कृषी सहकारीको आठौं बार्षिक साधारणसभा सम्पन्न

    हिमालीसंचार संवाददाता
    २९४ पटक

    रबिन्द्र बराल/मोरङ – “आजको आवश्यता सहकारीमा अवद्धता” भन्ने मुल नाराका साथ महर्षी मेही कृषी सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

    सहकारीले आफ्नै नयाँ भवनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष २०७६ /७७ सालको कुल कारोबार ३ करोड ९४ लाख २२ हजार ३ सय ५० रुपैयाको आय व्याय प्रस्तुत  गरिएको  थियो ।  

    संस्थाले कुल १ करोड ८८ लाख ९४ हजार ८ सय ७७ रुपैया लगानी गरेको छ । संस्थाले ५७ लाख ६८ हजार ४ सय ५५ रुपैयाँ  कूल आम्दानी गरी कुल खर्च ५५ लाख ३० हजार ८३ रुपैया गरेको छ । संस्थाले २ लाख २५ हजार ६ सय ८३ रुपैया शुद्ध मुनाफा समेत आर्जन गरेको छ । 

    कार्यक्रमको बार्षिक प्रतिवेदन संस्थाको तर्फबाट संस्थाका अध्यक्ष अशेश्वर प्रसाद साहले प्रस्तुत गरेका थिए । उक्त संस्थाका ५ सय ९० जना शेयर सदस्य रहेको छ । सदस्य र समाजमा समर्पित संस्थाले सामाजिक उत्तरदायित्व निर्बाह गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ।

    संस्थाले रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिकाका कृषि तथा व्यवसायिक क्षेत्रमा कारोवार गर्दे आइरहेको छ । सस्थाले जेष्ठ सेयर सदस्य तथा उत्कृष्ट कर्मचारी  उत्कृष्ट बचतकर्ता, ऋण तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारीका माननिय राज्य मंत्री राम वहादुर मगरले सहकारीको नयाँ निर्मित अनुदानित खाद्यान्न अनाज भण्डार घरको समेत रिवन काटेर उद्धाटन गर्नु भएको थियो। 

    कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु राजेन्द्र उप्रेती, रामनारायण मंण्डल, प्रमोद चक्रवति, पन्नालाल मंण्डल, कुन्दन साह, देव प्रकाश मण्डल, कैलाश मण्डल, सिनोद झा, दुर्गेश रौनियार लगायतको उपस्थिति रहेको थियो । व्यवसायिक, धितो कर्जा, ब्यबसायिक ऋण, फाईनान्स लागायत वितिय कारोवार गर्दे आइरहेको छ।

    सस्थाले जेष्ठ सेयर सदस्य तथा उत्कृष्ट कर्मचारी उत्कृष्ट बचतकर्ता, ऋणीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भुमि ब्यबस्था, कृषि तथा सहकारी राज्य मंत्री माननीय राम वहादुर मगरले सहकारीको नयाँ गोदामको समेत  रिवन काटेर उद्धाटन गरेका थिए। सहकारीका अध्यक्ष अशेश्वर प्रसाद साहको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।  कार्यक्रम संस्थाका उपाध्यक्ष अविषेक अधिकारीले संचालन गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...

    प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको...

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...