News Portal

महर्षी मेही कृषी सहकारीको आठौं बार्षिक साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
३५४ पटक

रबिन्द्र बराल/मोरङ – “आजको आवश्यता सहकारीमा अवद्धता” भन्ने मुल नाराका साथ महर्षी मेही कृषी सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सहकारीले आफ्नै नयाँ भवनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष २०७६ /७७ सालको कुल कारोबार ३ करोड ९४ लाख २२ हजार ३ सय ५० रुपैयाको आय व्याय प्रस्तुत  गरिएको  थियो ।  

संस्थाले कुल १ करोड ८८ लाख ९४ हजार ८ सय ७७ रुपैया लगानी गरेको छ । संस्थाले ५७ लाख ६८ हजार ४ सय ५५ रुपैयाँ  कूल आम्दानी गरी कुल खर्च ५५ लाख ३० हजार ८३ रुपैया गरेको छ । संस्थाले २ लाख २५ हजार ६ सय ८३ रुपैया शुद्ध मुनाफा समेत आर्जन गरेको छ । 

कार्यक्रमको बार्षिक प्रतिवेदन संस्थाको तर्फबाट संस्थाका अध्यक्ष अशेश्वर प्रसाद साहले प्रस्तुत गरेका थिए । उक्त संस्थाका ५ सय ९० जना शेयर सदस्य रहेको छ । सदस्य र समाजमा समर्पित संस्थाले सामाजिक उत्तरदायित्व निर्बाह गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ।

संस्थाले रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिकाका कृषि तथा व्यवसायिक क्षेत्रमा कारोवार गर्दे आइरहेको छ । सस्थाले जेष्ठ सेयर सदस्य तथा उत्कृष्ट कर्मचारी  उत्कृष्ट बचतकर्ता, ऋण तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारीका माननिय राज्य मंत्री राम वहादुर मगरले सहकारीको नयाँ निर्मित अनुदानित खाद्यान्न अनाज भण्डार घरको समेत रिवन काटेर उद्धाटन गर्नु भएको थियो। 

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु राजेन्द्र उप्रेती, रामनारायण मंण्डल, प्रमोद चक्रवति, पन्नालाल मंण्डल, कुन्दन साह, देव प्रकाश मण्डल, कैलाश मण्डल, सिनोद झा, दुर्गेश रौनियार लगायतको उपस्थिति रहेको थियो । व्यवसायिक, धितो कर्जा, ब्यबसायिक ऋण, फाईनान्स लागायत वितिय कारोवार गर्दे आइरहेको छ।

सस्थाले जेष्ठ सेयर सदस्य तथा उत्कृष्ट कर्मचारी उत्कृष्ट बचतकर्ता, ऋणीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भुमि ब्यबस्था, कृषि तथा सहकारी राज्य मंत्री माननीय राम वहादुर मगरले सहकारीको नयाँ गोदामको समेत  रिवन काटेर उद्धाटन गरेका थिए। सहकारीका अध्यक्ष अशेश्वर प्रसाद साहको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।  कार्यक्रम संस्थाका उपाध्यक्ष अविषेक अधिकारीले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...