News Portal

समसामयिक चोटिला मुक्तकहरू – प्रथा !

हिमालीसंचार संवाददाता
४२० पटक

मुक्तक – १

सानो ठुलो सोच्ने खेल सबै भुल्नु पर्छ
साधु हो कि चोर नै हो भेद खुल्नु पर्छ
कहिलेसम्म सिमानामा देश दुखिरहने
फूल पनि योध्दा बनी अब फुल्नु पर्छ !

मुक्तक – २

सीमा कित्ता नछुट्याउने आली चाहिँदैन
कपट राखेर पर्ररर बज्ने ताली चाहिँदैन
अत्याचारी शासकजस्तै परपीडक बनी
फूलको गला रेटी हिँड्ने माली चाहिँदैन !

मुक्तक – ३

मै हुँ ब्राण्डि मै हुँ व्हिस्की मै हुँ जाँड पनि
मै हुँ जाउलो मै हुँ ताउलो मै हुँ माँड पनि
के के गर्दछौ गर पाजी केको लछारपाटो
मै हुँ रङ्क मै हुँ डङ्क र मै हुँ साँड पनि !

मुक्तक – ४

उल्कै गरौं सियोले चट्टान कहाँ खोपिन्छ र
जोते पनि बालुवामा बिऊ कहाँ रोपिन्छ र
भित्री ढाक्ने चरित्र हो बाहिरी ढाक्ने बस्त्र
जति ओढ फाटेको जाल कहाँ छोपिन्छ र ?

मुक्तक – ५

निर्मलाको जोवन लुछी जीवन हर्ने कहाँ छ
भागरथीको हत्या गरी यौनाङ्ग चर्ने कहाँ छ
थैलीभित्र कति बुझ्यौ जवाफ देऊ सरकार
सत्ताको त्यो डुङ्गा चढी खोली तर्ने कहाँ छ ?

मुक्तक – ६

तोडिएपछि मनको नाता कहाँ जुट्या छ र
जनताको शक्ति श्यामा कसले लुट्या छ र
तिमीले बोल्ने बोली पनि यसै आ’को छैन
चिताबाट त्यो लाश फेरि कहाँ उठ्या छ र ?

मुक्तक – ७

रेल आउँछ ग्याँस आउँछ अनि जहाज डुङ्गा
तह लगाउँछु एक एक गरी अब ठेट्ना बुङ्गा
चट्ट पारेर चुट्किला भन्छु नि:शुल्क हो सेवा
हाँसी हाँसी जुनी कटाउन हाँस भोका नाङ्गा !

मुक्तक – ८

गोठ जलेको बेला लुतो सेकाउनेहरू को हुन्
मलामी जान पनि दौरा छेकाउनेहरू को हुन्
संविधानमाथि ‘कू’ गरी आमाजस्ति देशलाई
बृध्दाश्रम पुर्याउन लौरी टेकाउनेहरू को हुन् ?

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...