News Portal

हाइटीमा राष्ट्रपतिको हत्या प्रयास असफल

हिमालीसंचार संवाददाता
६१९ पटक

एजेन्सी – हाइटीका राष्ट्रपति जोभेनल मोइसले सोमबार आफूलाई हत्या गरी सरकार अपदस्थ गर्ने विद्रोह प्रयास असफल भएको जानकारी दिएका छन्। उनको कार्यकाल सम्बन्धमा विवाद चर्किरहेका बेला यो षड्यन्त्रको प्रयास भएको हो।

यस सम्बन्धमा एकजना वरिष्ठ न्यायाधीश र प्रहरी अधिकारीलगायत कम्तिमा २३ जनालाई पक्राउ गरिएको सरकारी सूत्रले जनाएको छ। राष्ट्रपति मोइसेको कार्यकाल सन् २०२२ को फेब्रुअरीमा समाप्त हुँदै छ। तर, विपक्षी राजनीतिक समूहले भने उनको कार्यकाल आइतबार नै समाप्त भइसकेको दाबी गरिरहेका छन्।

उनले सत्ता छाड्न अस्वीकार गरेको विरोधमा राजधानी पोर्ट ओ प्रिन्स र अन्य शहरहरूमा प्रदर्शनकारीहरूले सडक तताएका छन्। प्रहरी र प्रदर्शनकारीबीच व्यापक भिडन्त भएको छ भने प्रहरीले प्रदर्शनकारीहरूलाई तितर–वितर पार्न अश्रुग्यास प्रहार गरेका छन्।

एटिन्ने जिन ड्यानियल नामक एकजना प्रदर्शनकारीले भनेका छन्– ‘हामी जोभेनल माइसेले संविधान उल्लंघन गरेको स्विकार्न सक्दैनौं। संविधानको सम्मान होस् भन्ने हाम्रो माग हो।’ अर्का प्रदर्शनकारी जिन रेनाल्डले भनेका छन्– ‘सरकारले विदहमा संलग्न व्यक्तिहरूको अपहरण गरेका छन्। म तिनीहरूको यथाशिघ्र रिहा होस् भन्ने चाहन्छुं।’

सुरक्षा अधिकारीहरूले सत्ता पल्टाउन खोज्ने विद्रोहीहरूका साथबाट एसल्ट राइफल, मेसिन गन र धारिला हतियारहरूलगायत नगद पनि फेला परेको बताएका छन्। राष्ट्रपति मोइसेले आफ्नो ज्यानै लिने योजना असफल बनाइदिएकोमा राष्ट्रपति भवनका सुरक्षा प्रमुखलाई धन्यवाद दिएका छन्। मोइसे सन् २०१६ को विवादास्पद आमनिर्वाचनबाट सत्तामा पुगेको विपक्षीहरूको दावी छ।

सन् २०१९ मा विधान सभा भंग गरिएपछि जारी भएको विशेष आदेशाज्ञामार्फत मोइसेले दोश्रो कार्यकाल चलाइरहेका हुन्। मोइसे कुनै पनि हालतमा सत्ता छाड्ने पक्षमा रहेका छन्। ल्याटिन अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा ६० प्रतिशतभन्दा बढि जनता गरिबीको निरपेक्ष रेखामुनि रहेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...