News Portal

  • हाइटीमा राष्ट्रपतिको हत्या प्रयास असफल

    हिमालीसंचार संवाददाता
    ५३९ पटक

    एजेन्सी – हाइटीका राष्ट्रपति जोभेनल मोइसले सोमबार आफूलाई हत्या गरी सरकार अपदस्थ गर्ने विद्रोह प्रयास असफल भएको जानकारी दिएका छन्। उनको कार्यकाल सम्बन्धमा विवाद चर्किरहेका बेला यो षड्यन्त्रको प्रयास भएको हो।

    यस सम्बन्धमा एकजना वरिष्ठ न्यायाधीश र प्रहरी अधिकारीलगायत कम्तिमा २३ जनालाई पक्राउ गरिएको सरकारी सूत्रले जनाएको छ। राष्ट्रपति मोइसेको कार्यकाल सन् २०२२ को फेब्रुअरीमा समाप्त हुँदै छ। तर, विपक्षी राजनीतिक समूहले भने उनको कार्यकाल आइतबार नै समाप्त भइसकेको दाबी गरिरहेका छन्।

    उनले सत्ता छाड्न अस्वीकार गरेको विरोधमा राजधानी पोर्ट ओ प्रिन्स र अन्य शहरहरूमा प्रदर्शनकारीहरूले सडक तताएका छन्। प्रहरी र प्रदर्शनकारीबीच व्यापक भिडन्त भएको छ भने प्रहरीले प्रदर्शनकारीहरूलाई तितर–वितर पार्न अश्रुग्यास प्रहार गरेका छन्।

    एटिन्ने जिन ड्यानियल नामक एकजना प्रदर्शनकारीले भनेका छन्– ‘हामी जोभेनल माइसेले संविधान उल्लंघन गरेको स्विकार्न सक्दैनौं। संविधानको सम्मान होस् भन्ने हाम्रो माग हो।’ अर्का प्रदर्शनकारी जिन रेनाल्डले भनेका छन्– ‘सरकारले विदहमा संलग्न व्यक्तिहरूको अपहरण गरेका छन्। म तिनीहरूको यथाशिघ्र रिहा होस् भन्ने चाहन्छुं।’

    सुरक्षा अधिकारीहरूले सत्ता पल्टाउन खोज्ने विद्रोहीहरूका साथबाट एसल्ट राइफल, मेसिन गन र धारिला हतियारहरूलगायत नगद पनि फेला परेको बताएका छन्। राष्ट्रपति मोइसेले आफ्नो ज्यानै लिने योजना असफल बनाइदिएकोमा राष्ट्रपति भवनका सुरक्षा प्रमुखलाई धन्यवाद दिएका छन्। मोइसे सन् २०१६ को विवादास्पद आमनिर्वाचनबाट सत्तामा पुगेको विपक्षीहरूको दावी छ।

    सन् २०१९ मा विधान सभा भंग गरिएपछि जारी भएको विशेष आदेशाज्ञामार्फत मोइसेले दोश्रो कार्यकाल चलाइरहेका हुन्। मोइसे कुनै पनि हालतमा सत्ता छाड्ने पक्षमा रहेका छन्। ल्याटिन अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा ६० प्रतिशतभन्दा बढि जनता गरिबीको निरपेक्ष रेखामुनि रहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

    काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा...

    जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

    काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला...

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...