News Portal

दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्या आरोपी पक्राउ

हिमालीसंचार संवाददाता
५४८ पटक

सुर्खेत – दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको महाँबु गाउँपालिका–६ स्थायी घर भएका ६८ वर्षीय जयबहादुर शाही रहेका छन्। पत्रकार थापाको २०६२ साउन २७ गते साविकको द्वारी गाविस–१ मा हत्या गरी गाडेको अवस्थामा शव भेटिएको थियो।

हत्या मुद्दामा शाहीलाई जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो। अदालतको फैसालापछि शाही फरार हुँदै आएका थिए। शाहीलाई कैद भुक्तानका लागि दैलेख कारागार पठाइएको छ।

पत्रकार थापाको १६ बर्षअघि तत्कालिन विद्रोही नेकपा माओवादीमा आबद्ध केही कार्यकर्ताहरुले हत्या गरेका थिए। जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो।

अदालतको फैसलापछि निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाही दुई/दुई वर्ष, लक्षिराम घर्र्तीमगर डेढ वर्ष र विरबहादुर केसी एकवर्ष कैद सजाय काटेर जेलमुक्त भइसकेका छन्। फरार रहेका हकमा सम्पत्ति रोक्का गरेर पक्राउ गर्न आदेश दिइएको छ।

फरार भएका नेताकै संरक्षणमा खुलेआम हिँडिरहेको भन्दै पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन्। पत्रकार थापाको हत्या अभियुक्त केही पक्राउ परिसकेका छन् भने केही अझै फरार रहेका छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...