News Portal

प्रधानमन्त्री ओली भगवान् रामलाई नागरिकता दिन लाग्नुभएको छ: गगन थापा

हिमालीसंचार संवाददाता
४१२ पटक

विरगञ्ज – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामलाई नागरिकता दिन लागिपरेको बताउदै प्रधानमन्त्री ओलीले केही समयअघि राम नेपालमा जन्मेको बताएका थिए। प्रधानमन्त्री ओलीले अयोध्या चितवनको माडीमा भएको भन्दै त्यहाँ राम र सीताको मुर्तिसमेत राख्ने तयारी गरेका बताएका छन्।

वीरगञ्जमा आइतबार आयोजित कांग्रेसको आमसभामा बोलेका थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लाग्नु भएको छ। भगवान् रामलाई नागरिकता आवश्यकता छैन। नेपालभित्र रहेका नागरिकहरूलाई नागरिकता चाहिएको छ, उनीहरूलाई नागरिकताबाट बञ्चित गर्न हुन्न।’ 

प्रधानमन्त्री ओलीले धार्मिक आस्थामा खेल्न खोजेकोसमेत थापाले बताए। प्रधानमन्त्री ओलीले भगवान् र पशुपतिनाथ प्रतिको आस्थामा खेल्न खोजेको पनि उनले बताए। केही समयअगाडि प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए। थापाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको पनि बताए।

‘यो संसद विघटन होइन। यो संविधानको विघटन हो,’ उनले भने, ‘संविधान विघटनको पक्षमा कांग्रेस उभिन सक्दैन। पुस ५ को कदम असंवैधानिक छ। अहिले सच्याउन सकिएन भने संकट गहिरिँदै जान्छ। अर्को पुस्ता खेर जान्छ।’ उनले प्रधानमन्त्री ओलीका हरेक कदमलाई सही ढंगले विश्लेषण गर्नुपर्ने पनि बताए। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले सर्वोच्चले न्याय दिने विश्वास उनको थियो। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...