News Portal

प्रधानमन्त्री ओली भगवान् रामलाई नागरिकता दिन लाग्नुभएको छ: गगन थापा

हिमालीसंचार संवाददाता
३६७ पटक

विरगञ्ज – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामलाई नागरिकता दिन लागिपरेको बताउदै प्रधानमन्त्री ओलीले केही समयअघि राम नेपालमा जन्मेको बताएका थिए। प्रधानमन्त्री ओलीले अयोध्या चितवनको माडीमा भएको भन्दै त्यहाँ राम र सीताको मुर्तिसमेत राख्ने तयारी गरेका बताएका छन्।

वीरगञ्जमा आइतबार आयोजित कांग्रेसको आमसभामा बोलेका थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लाग्नु भएको छ। भगवान् रामलाई नागरिकता आवश्यकता छैन। नेपालभित्र रहेका नागरिकहरूलाई नागरिकता चाहिएको छ, उनीहरूलाई नागरिकताबाट बञ्चित गर्न हुन्न।’ 

प्रधानमन्त्री ओलीले धार्मिक आस्थामा खेल्न खोजेकोसमेत थापाले बताए। प्रधानमन्त्री ओलीले भगवान् र पशुपतिनाथ प्रतिको आस्थामा खेल्न खोजेको पनि उनले बताए। केही समयअगाडि प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए। थापाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको पनि बताए।

‘यो संसद विघटन होइन। यो संविधानको विघटन हो,’ उनले भने, ‘संविधान विघटनको पक्षमा कांग्रेस उभिन सक्दैन। पुस ५ को कदम असंवैधानिक छ। अहिले सच्याउन सकिएन भने संकट गहिरिँदै जान्छ। अर्को पुस्ता खेर जान्छ।’ उनले प्रधानमन्त्री ओलीका हरेक कदमलाई सही ढंगले विश्लेषण गर्नुपर्ने पनि बताए। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले सर्वोच्चले न्याय दिने विश्वास उनको थियो। 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...