News Portal

कैलालिमा वडासदस्यको घरमा एक युवती मृत भेटिए

हिमालीसंचार संवाददाता
३४७ पटक

काठमाण्डौ – कैलालीमा एक जना वडासदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। गौरीगंगा नगरपालिका-३ स्थित वडासदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्।

कैलालीका जिल्ला प्रहरी कार्यालय, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टका अनुसार युवती वडा सदस्यको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए। कोठामा चुकुल लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे।

मृतकको परिवार स्रोतका अनुसार निरज र अञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए। शनिबार निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनको परिवार उनको घरमा पुगेका थिए। दुवै पक्षबीच रातिसम्म छलफल भएको पारिवारिक स्रोतले जनाएको छ। निरजले दुबैलाई श्रीमतीको रूपमा  राख्ने भनेपछि ‍अञ्जितालाई निरजसँगै छोडेर उनको परिवार फर्किएको थियो।

निरजले राती नै भगाएर ल्याएकी महिलासँग भागेपछि अञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन्। त्यसपछि बिहान उनको शव फेला परेको हो। वडासदस्य निरज अहिले फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको डिएसपी बिष्टले बताए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...