News Portal

कैलालिमा वडासदस्यको घरमा एक युवती मृत भेटिए

हिमालीसंचार संवाददाता
३६९ पटक

काठमाण्डौ – कैलालीमा एक जना वडासदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। गौरीगंगा नगरपालिका-३ स्थित वडासदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्।

कैलालीका जिल्ला प्रहरी कार्यालय, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टका अनुसार युवती वडा सदस्यको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए। कोठामा चुकुल लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे।

मृतकको परिवार स्रोतका अनुसार निरज र अञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए। शनिबार निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनको परिवार उनको घरमा पुगेका थिए। दुवै पक्षबीच रातिसम्म छलफल भएको पारिवारिक स्रोतले जनाएको छ। निरजले दुबैलाई श्रीमतीको रूपमा  राख्ने भनेपछि ‍अञ्जितालाई निरजसँगै छोडेर उनको परिवार फर्किएको थियो।

निरजले राती नै भगाएर ल्याएकी महिलासँग भागेपछि अञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन्। त्यसपछि बिहान उनको शव फेला परेको हो। वडासदस्य निरज अहिले फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको डिएसपी बिष्टले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...