आज : २०२६-०६-०८, सोमबार

=== गजल ===

– अन्जान यात्री विश्वप्रकाश

चर्को घाममा बेहाल छ
मात्रै काम फालाफाल छ

खाए खा नखाए घिच रे
बासि भात एकथाल छ

दैनिक रुझेको बिरालो झै
थकानले यस्तो बबाल छ

पसिनाले सिच्दै मरुभूमिमा
साथी भन्छ मालामाल छ

बाध्यताले बिदेश पलायन
आफै भित्र हजार सबाल छ।।