News Portal

बजार अनुगमन नहुँदा काठमाडौंमा  हरियो तरकारीको भाउ दोब्बर

हिमालीसंचार संवाददाता
४४० पटक

काठमाडौं -काठमाडौं उपत्याकाको बजारमा हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका छन् ।यो साता कुखुराको मासुको मूल्य भने किलोमा २५ रुपैयाँले सस्तो भएको छ भने कालीमाटी तरकारी बजारबाट थोक बिक्री हुने प्रमुख तरकारीहरु काउली, प्याज, आलु, घिउसिमी तथा गालेभेडाको उपभोक्ता मूल्य बढेको बजार विकास समितिले जनाएको छ । तरकारीको भाउ कम्तीमा दुई रुपैयाँदेखि बढीमा ३० रुपैयाँ किलो थोकमै महँगो भएको देखिएको छ ।

एक साता अवधिमा सेतो आलुबाहेक अन्य तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाले जनाएको छ । नियमित आपूर्ति भईरहेको ठाउँबाट आउने तरकारी सकिएका कारण थोरै मूल्य बढेको संथाका अध्यक्ष गीता आचार्यले बताए ।

 

खसीको मासुको मूल्य बढ्यो

बर्ड फ्लुको त्रासका कारण यो साता बोईलर कुखुराको मासुको मूल्य ओरोलो लागेको छ । साताभरमा राँगा र बुंगुरको मासुको मूल्य यथावत रहेपनि खसी र  बंगुरको मासुको उपभोक्ता मूल्य भने बढेको व्यवसायीहरुले बताएका छन् ।

यो सता उपत्यकामा धेरै बिक्री हुने रहु माछाको मूल्य पनि २५० देखि ३०० रुपैयाँमा कारोबर भईरहेको छ । गत साता ३६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको तयारी ब्रोइलर कुखुराको मासु यो साता ३४० रुपैयाँमा झरेको छ ।

यस्तै राँगा र बुंगुरको मासु प्रतिकिलो ५ सय रुपैयाँमा स्तिर मूल्यमा कारोबार हुँदा खसीको मासु भने किलोमा एक सय रुपैयाँले बढेको राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले बताए ।

खाद्यान्नको मूल्य यथावत

यो साता खाद्यान्न तथा तेलहनको मूल्यमा कुनै फेरबदल नआएको व्यावसयीहरुले बताएका छन् । अघिल्लो साता देखि बढेका खाद्यन्नको मूल्यमा कुनै फेरबदल  नदेखिएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

राष्ट्रिय खुद्रा ब्यापार संघका सदस्य ध्रुब अधिकारीकाअनुसार बढेकै मूल्यमा बजारमा खाद्यन्न कारोबार भईरहेको छ ।

बजार अनुगमन

स्वच्छ बजारका लागि विभागमा प्राप्त गुनासो केन्दि्रत दैनिक डेढ दर्जन अनुगमन विभागमार्फत भएको वाणिज्य विभागले जनाएको छ । मुख्यत खाद्यन्न र निर्माण सामाग्रीको मूल्य सन्र्दभमा अनुसन्धान र अनुगमन केन्दि्रत रहेको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेडाइँले बताए ।मूल्यवृद्धि कृत्रिम हो की प्राकृतिक भन्ने विषमा अनुसन्धान गरिरहेका छौं, उनले भने ।

विभागमा प्राप्त गुनासाको आधारमा जिल्ला प्रशासन पनि बजार अनुगमनमा सहभागी भएपनि स्थानीय तहबाट भने अनुगमन प्राथमिकतामा नपरेको विभागले जनाएको छ ।जनप्रतिनिधिको बाहुल्याताका कारण भोट बचाउन पनि अनुगमन गरेको नदेखिएको विभागका एक अधिकारीले बताए ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...