News Portal

बजार अनुगमन नहुँदा काठमाडौंमा  हरियो तरकारीको भाउ दोब्बर

हिमालीसंचार संवाददाता
३८५ पटक

काठमाडौं -काठमाडौं उपत्याकाको बजारमा हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका छन् ।यो साता कुखुराको मासुको मूल्य भने किलोमा २५ रुपैयाँले सस्तो भएको छ भने कालीमाटी तरकारी बजारबाट थोक बिक्री हुने प्रमुख तरकारीहरु काउली, प्याज, आलु, घिउसिमी तथा गालेभेडाको उपभोक्ता मूल्य बढेको बजार विकास समितिले जनाएको छ । तरकारीको भाउ कम्तीमा दुई रुपैयाँदेखि बढीमा ३० रुपैयाँ किलो थोकमै महँगो भएको देखिएको छ ।

एक साता अवधिमा सेतो आलुबाहेक अन्य तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाले जनाएको छ । नियमित आपूर्ति भईरहेको ठाउँबाट आउने तरकारी सकिएका कारण थोरै मूल्य बढेको संथाका अध्यक्ष गीता आचार्यले बताए ।

 

खसीको मासुको मूल्य बढ्यो

बर्ड फ्लुको त्रासका कारण यो साता बोईलर कुखुराको मासुको मूल्य ओरोलो लागेको छ । साताभरमा राँगा र बुंगुरको मासुको मूल्य यथावत रहेपनि खसी र  बंगुरको मासुको उपभोक्ता मूल्य भने बढेको व्यवसायीहरुले बताएका छन् ।

यो सता उपत्यकामा धेरै बिक्री हुने रहु माछाको मूल्य पनि २५० देखि ३०० रुपैयाँमा कारोबर भईरहेको छ । गत साता ३६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको तयारी ब्रोइलर कुखुराको मासु यो साता ३४० रुपैयाँमा झरेको छ ।

यस्तै राँगा र बुंगुरको मासु प्रतिकिलो ५ सय रुपैयाँमा स्तिर मूल्यमा कारोबार हुँदा खसीको मासु भने किलोमा एक सय रुपैयाँले बढेको राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले बताए ।

खाद्यान्नको मूल्य यथावत

यो साता खाद्यान्न तथा तेलहनको मूल्यमा कुनै फेरबदल नआएको व्यावसयीहरुले बताएका छन् । अघिल्लो साता देखि बढेका खाद्यन्नको मूल्यमा कुनै फेरबदल  नदेखिएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

राष्ट्रिय खुद्रा ब्यापार संघका सदस्य ध्रुब अधिकारीकाअनुसार बढेकै मूल्यमा बजारमा खाद्यन्न कारोबार भईरहेको छ ।

बजार अनुगमन

स्वच्छ बजारका लागि विभागमा प्राप्त गुनासो केन्दि्रत दैनिक डेढ दर्जन अनुगमन विभागमार्फत भएको वाणिज्य विभागले जनाएको छ । मुख्यत खाद्यन्न र निर्माण सामाग्रीको मूल्य सन्र्दभमा अनुसन्धान र अनुगमन केन्दि्रत रहेको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेडाइँले बताए ।मूल्यवृद्धि कृत्रिम हो की प्राकृतिक भन्ने विषमा अनुसन्धान गरिरहेका छौं, उनले भने ।

विभागमा प्राप्त गुनासाको आधारमा जिल्ला प्रशासन पनि बजार अनुगमनमा सहभागी भएपनि स्थानीय तहबाट भने अनुगमन प्राथमिकतामा नपरेको विभागले जनाएको छ ।जनप्रतिनिधिको बाहुल्याताका कारण भोट बचाउन पनि अनुगमन गरेको नदेखिएको विभागका एक अधिकारीले बताए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...