News Portal

बहुविवाहकी प्रतिवादी अन्जना ४ वर्षपछि जेल चलान

हिमालीसंचार संवाददाता
३६२ पटक

बासुदेव शर्मा/जाजरकोट – बहुबिवाहकी फरार प्रतिवादी अन्जना बुढालाई ४ वर्षपछि प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ। जिल्ला अदालत जाजरकोटको आदेश अनुसार प्रहरीले जेल चलान गरेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले छेडागाड नगरपालिका ३ स्थायी ठेगाना भई हाल सुर्खेतको भेरीगंगा नगरपालिका १२ छिन्चु वस्दै आएकी बहुविवाहकी प्रतिवादी अन्जना बुढालाई प्रहरीले छिन्चुबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले वताउनु भयो।

फरार रहेकी बुढालाई प्रहरीले पक्राउ गरि जिल्ला अदालतको आदेश अनुसार कारागार जेल चलान गरेको प्रहरी प्रमुख थापाले वताउनुभयो। जिल्ला अदालत जाजरकोटले २०७३ साल चैत्र १५ मा गरेको फैसलाले बुढालाई १ वर्ष कैद र २० हजार जरिवाना सहितको फैसला गरेको थियो।

पक्राउ गरेकी बुढालाई जिल्ला अदालतमा उपस्थिति गराई अदालतको फैसला आदेश अनुसार उनीलाई पक्राउ गरि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...