News Portal

राजधानीको अधिकांश सडक सुनसान, विभिन्न ठाउमा तोडफोड, आन्दोलनकारी पक्राउ

हिमालीसंचार संवाददाता
३५३ पटक

काठमाण्डौ – प्रधानमंत्री केपी शर्मा ओलीको संसद विघटनको विरुद्धमा आमहड्तालमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूह कार्यकर्ताले असंवैधानिक कदमका विरुद्ध आमहड्तालको प्रभाव राजधानीमा असर परेको छ। अधिकांश सडक खुल्ला देखिएको छ भने कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन्।

बिहीबार बिहान हड्ताल गर्न हिँडेका कार्यकर्ताले काठमाडौंको मित्रपार्कमा एउटा बस र गोंगबुमा टाटासुमोमा तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए।

यसअघि उनीहरूले गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए। आमहड्ताल गर्न निस्किएका ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान ८ बजेसम्म ७५ जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको एसपी राठौरले जानकारी दिए।

तीमध्ये ट्याक्सीमा आगजनी गर्नेहरू पनि छन्। प्रदर्शनकारीले बिहीबार बिहानै गोंगबुमा प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका छन्।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...