News Portal

राजधानीको अधिकांश सडक सुनसान, विभिन्न ठाउमा तोडफोड, आन्दोलनकारी पक्राउ

हिमालीसंचार संवाददाता
३८७ पटक

काठमाण्डौ – प्रधानमंत्री केपी शर्मा ओलीको संसद विघटनको विरुद्धमा आमहड्तालमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूह कार्यकर्ताले असंवैधानिक कदमका विरुद्ध आमहड्तालको प्रभाव राजधानीमा असर परेको छ। अधिकांश सडक खुल्ला देखिएको छ भने कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन्।

बिहीबार बिहान हड्ताल गर्न हिँडेका कार्यकर्ताले काठमाडौंको मित्रपार्कमा एउटा बस र गोंगबुमा टाटासुमोमा तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए।

यसअघि उनीहरूले गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए। आमहड्ताल गर्न निस्किएका ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान ८ बजेसम्म ७५ जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको एसपी राठौरले जानकारी दिए।

तीमध्ये ट्याक्सीमा आगजनी गर्नेहरू पनि छन्। प्रदर्शनकारीले बिहीबार बिहानै गोंगबुमा प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...