News Portal

मोरङको रंगेलीमा गजुरमुखिले रिजेक्ट गरेको ईट्टा प्रयोग गरेको स्वीकार

हिमालीसंचार संवाददाता
३४० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको झापा जोड्ने सडकको निर्माणकार्य संचालन भए संगै ठुला कन्ट्रक्सनहरुले भने रकम बचाउने उदेश्य अनुसार सडक विभागका ईन्जिनियरहरुले रिजेक्ट गरेका ईट्टाहरु प्रयोग गर्दे आई रहेका छन्।

मोरङको रतुवामाई नगरपालिका-५, स्थित परोपकार स्वर्गद्वारी  घाट नजिकै गजुरमुखी जेभीले कल्भट बनाउने क्रममा सडक विभागले रिजेक्ट गरेको ईट्टले कल्भट बनाउदै गरेको फेला परेको हो। साता दिन अगाडी कमशल ईट्टा प्रयोग गरेको जानकारी पाएपछि हुलाकी सडकका सवईन्जिनियर हरिनारायण मंण्डलले   उक्त कल्भट निरीक्षण गर्ने क्रममा रिजेक्ट गरेको ईट्टा प्रयोग गरेको  र निरीक्षण गरेपछि रिजेक्ट गरेको ईट्टाले बनाएको पर्खाल भत्काएका बताए। 

 भत्काउन लगाएको र अब उपरान्त सो ईट्टा प्रयोग नगर्ने निर्देशन समेत गरिएको मंण्डलले बताए । रिजेक्ट गरिएको ईट्टा किन प्रयोग गरिएको र के कति मात्रामा सो ईट्टा ल्याईएो भन्ने बिषयमा जानकारी लिन खोज्दा गजुरमुखीका दिपक गौतमले झर्किदै भने आफुले सो ईट्टा नल्याएको भन्दै पन्छिन  खोजेका छन ।  यसरी ठुला कम्पनीले बर्षौ पछि बनाउन लागेको कल्भट र सडक समेत  बलियो र टिकाउ कम हुने देखिन्छ ।  सो बिषयमा समयमै  स्थानीय सरकार र जनप्रतिनिधिहरुले समेत समयमै ध्यान दिन जरुरी रहेको देखिन्छ । 

उक्त कम्पनीले  रतुवामाई नगरपालिका देखि  सुनवर्सी नगरपालिका भित्रको सडक कालोपत्रे गर्ने ठेक्का गजुरमुखी मोतीदान जेभि बानेश्वरले पाएको छ । उक्त कम्पनीको दुई खण्डमा गरि सो सडक कालोपत्रे गर्न ७७ करोड ६७ लाख ६५ हजार ८ सय ४२ रुपैयाँ  ठेक्का पाएको हो ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...