News Portal

मोरङको रंगेलीमा गजुरमुखिले रिजेक्ट गरेको ईट्टा प्रयोग गरेको स्वीकार

हिमालीसंचार संवाददाता
३५७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको झापा जोड्ने सडकको निर्माणकार्य संचालन भए संगै ठुला कन्ट्रक्सनहरुले भने रकम बचाउने उदेश्य अनुसार सडक विभागका ईन्जिनियरहरुले रिजेक्ट गरेका ईट्टाहरु प्रयोग गर्दे आई रहेका छन्।

मोरङको रतुवामाई नगरपालिका-५, स्थित परोपकार स्वर्गद्वारी  घाट नजिकै गजुरमुखी जेभीले कल्भट बनाउने क्रममा सडक विभागले रिजेक्ट गरेको ईट्टले कल्भट बनाउदै गरेको फेला परेको हो। साता दिन अगाडी कमशल ईट्टा प्रयोग गरेको जानकारी पाएपछि हुलाकी सडकका सवईन्जिनियर हरिनारायण मंण्डलले   उक्त कल्भट निरीक्षण गर्ने क्रममा रिजेक्ट गरेको ईट्टा प्रयोग गरेको  र निरीक्षण गरेपछि रिजेक्ट गरेको ईट्टाले बनाएको पर्खाल भत्काएका बताए। 

 भत्काउन लगाएको र अब उपरान्त सो ईट्टा प्रयोग नगर्ने निर्देशन समेत गरिएको मंण्डलले बताए । रिजेक्ट गरिएको ईट्टा किन प्रयोग गरिएको र के कति मात्रामा सो ईट्टा ल्याईएो भन्ने बिषयमा जानकारी लिन खोज्दा गजुरमुखीका दिपक गौतमले झर्किदै भने आफुले सो ईट्टा नल्याएको भन्दै पन्छिन  खोजेका छन ।  यसरी ठुला कम्पनीले बर्षौ पछि बनाउन लागेको कल्भट र सडक समेत  बलियो र टिकाउ कम हुने देखिन्छ ।  सो बिषयमा समयमै  स्थानीय सरकार र जनप्रतिनिधिहरुले समेत समयमै ध्यान दिन जरुरी रहेको देखिन्छ । 

उक्त कम्पनीले  रतुवामाई नगरपालिका देखि  सुनवर्सी नगरपालिका भित्रको सडक कालोपत्रे गर्ने ठेक्का गजुरमुखी मोतीदान जेभि बानेश्वरले पाएको छ । उक्त कम्पनीको दुई खण्डमा गरि सो सडक कालोपत्रे गर्न ७७ करोड ६७ लाख ६५ हजार ८ सय ४२ रुपैयाँ  ठेक्का पाएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...