News Portal

इटहरीबाट धरान तर्फ आउँदै गरेको गाडी दुर्घटना

हिमालीसंचार संवाददाता
५४४ पटक

धरान – धरान नगरपालिकाको धरान-८ स्थित कोसी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको एक निजी सवारी साधन दुर्घटना भएको छ ।

इटहरीबाट धरान आउँदै गरेको प्रदेश ३-०१-०२४ च ५१६६ नम्बरको कार दुर्घटना भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । दुर्घटनामा को १ ख ३५ ११ नम्बरको बस, प्रदेश ३-०१-०२३ च ४८२६ नम्बरको बुलेरो र को ३६ प ३८७७ नम्बरको मोटरसाइकल लगायतका सवारी साधन क्षति पुगेको तिम्सिनाले बताए ।

गाडीलाई ठक्कर दिँदा बुलेरो उछिट्टिन गई सोही स्थानमा रोकेर पखाल्दै गरेको को २ ख ३५११ न. को बसलाई ठक्कर दिएर दुर्घटना भएको हो । को ३६ प ३८७७ को मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक इटहरी ४ बस्ने २८ वर्षीय रुपेश मगर र बोलेरोमा सवार अख्तियार दुरुपयोग आयोग अनुसन्धानका कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान सुरेश खड्का सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको छ ।

दुर्घटनाग्रस्त ४ वटै सवारी साधन तथा बस चालक धनकुटा ७ बस्ने ५२ वर्षीय बलन राई कार चालक विराटनगर ४ बस्ने ब४९ वर्षीय द्वारिका पोख्रेल धरान-८ बस्ने ४५ वर्षीय चन्द्र प्रसाद ढकाल प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...