News Portal

  • आगामी माघ २३ गते ओली समूहको सभा नारायणहिटी दरबारअगाडी

    “सुरेन्द्र पाण्डे भन्छन्- र्‍यालीमा आउन सबै राजावादीलाई उर्दी छ रे, ओलीले हिन्दु राष्ट्रका पक्षमा बोल्छन्”

    हिमालीसंचार संवाददाता
    २०७ पटक

    काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी ओली समूहको बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा माघ २३ गते काठमाडौं गर्ने जनसभाको तयारी गरेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ। उक्त जनसभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकहरु सहभागी हुनेछन्।

    कमिटीका सचिव खेमप्रसाद लोहनीका अनुसार ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, भेषभुषा सहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासंधबाट सांगीतिक प्रस्तुति गराइने छ। 

    माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको सांगीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ । जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय संगठनले आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ ।

    सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गरिने जनाइएको छ। नेकपाको प्रचण्ड-नेपाल समूहका नेताहरूले भने हिन्दुवादी र राजावादीहरूसँग मिलेर ओलीले नारायणहिटी अगाडी सभा गर्न लागेको आरोप लगाएका छन्। 

    आइतबार माइतीघरमा आयोजित उक्त समूहको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओली अब कम्युनिष्ट नरहेको बताए। ‘अस्ति पशुपतिमा गएर सवा लाख बत्ती बाले, हिजो चितवनमा गएर राम मन्दिर बनाउने घोषणा गरेर आएका छन्,’ पाण्डेले भने,’नयाँ मठाधीश बनेर ओलीले जनतालाई अल्मल्याउने कोशिश गरिरहेका छन्।’

    उनले २३ गतेको जनसभामा सहभागी हुन राजावादी संघ-संगठन आफ्ना सदस्यलाई उर्दी जारी गरेको आफूले सुनेको बताए। ‘त्यही सभामा ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ। ओलीले यो गर्न सक्छन्,’ पाण्डेले भने, ‘ओलीको कदमले दक्षिणपन्थी खुसी भएका छन्। उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन्।’

    नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले पनि नारायणहिटी अगाडि सभा गरेर ओलीले इतिहास भइसकेको राजतन्त्र र हिन्दु राज्यको मुद्दा ब्युँताउन लागेको बताइन्। ‘सरकारी स्रोत साधनको प्रयोग गरेर पञ्च र्‍याली गर्ने रे। त्यसको सभा नारायणहिटीको गेटमा रे। यसले के संकेत दिन्छ। संविधान र संघीयता समाप्त गर्ने, हिन्दु राज्य ल्याउने। अनि हिन्दु राज्यसित हिन्दुको अवतार बनेर नेपाली जनताले २०६२/०६३ मै आर्यघाटमा जलाइसकेको प्रतिगामीका कुनै निकायलाई फेरि पुनर्स्थापित गर्ने एउटा षडयन्त्र छ रे,’ भुषालले भनिन्,’खबरदार केपी ओली तिमीले टाउकामा बोक्न खोजेको प्रतिक्रियावादी शासन व्यवस्था त जनताले २०६२/०६३ मै टुंग्याइदिए।’

    ओली समूहका नेताहरूले भने काठमाडौंको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको बताएका छन्। ओली समूहका बागमती प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको  बताएका छन् । 

    प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो। सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा १ हजार १ सय ११ जना सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ। यस्तै प्रदेशका सबै पालिकामा ३ सय १ जना र वडास्तरमा १ सय १ जना सदस्यीय, सम्पर्क समन्वय मञ्चको १ सय १ जना सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५ सय १ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ। राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घले स्वंयसेवक परिचालन गर्ने जनाइएको छ। (राससको सहयोगमा)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २२ गतेको राशिफल

    आज असार २२, २०८२ (जुलाई ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...