News Portal

सूर्य चिन्ह हरेक दृष्टिकोणलो हाम्रो हो: राजेन्द्र पाण्डे

हिमालीसंचार संवाददाता
३८५ पटक
Rajendra Pandey

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले चुनाव गराए भने आफूले राजनीतिबाट सदाका लागि सन्यास लिने घोषणा गरेका छन् ।

प्राइम टिभीको कार्यक्रममा बोल्दै उनले ओलीले चुनाव गराउँदै नगराउने ठोकुवा गर्दै गराए भने आफूले राजनीतिबाट सदाका लागि सन्यास लिने घोषणा गरेका हुन् । 

पाण्डेले निर्वाचन आयोगले सूर्य चिन्ह आफूहरुलाई नदिई सुखै नपाउने दाबी पनि गरे । आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै उनले दलसम्वन्धी कानुन र नेकपाको विधान मान्दैन भने त्यस्तो निर्वाचन आयोग किन चाहियो ? भने । 

पाण्डेले आफूहरुलाई आधिकारिकता नदिए प्रमुख निर्वाचन आयुक्तले यो धर्तीमा बाँच्नुपर्दैन ? भनी धम्की पनि दिए । उनले भने, ‘प्रमुख निर्वाचन आयुक्तले इमान छोड्नुभयो भने उहाँ यही धर्तीमा बाँच्ने होइन् र ? मान्छे त्यो पदबाट बाहिर निस्किएको दिन पनि त बाँच्नु त पर्छ नि । पर्छ कि पर्दैन ?’

प्रमुख निर्वाचन आयुक्तले ओली समूहलाई आधिकारिकता दिए प्रमुख निर्वाचन आयुक्तका छोरा नातीसमेत बाहिर निस्किएर चिया खाने अवस्था नहुने पाण्डेको तर्क छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...