News Portal

केपिलासगढी गाउपालिका बाक्सिलामा किरात राई यायोक्खाको पालिका स्तरीय गाउँ कमिटी गठन

“किरात राई कर्मचारी मञ्च समेत गठन भएको छ”

हिमालीसंचार संवाददाता
६७३ पटक

बाक्सिला – खोटाङ जिल्लाको उत्तरीभेगमा पर्ने केपिलासगढी गाउँपालिकामा किरात राई यायोक्खाको पालिका स्तरीय गाउँ कमिटी गत शनिवार गठन भएको छ।

खोटाङको केपिलासगढी गाउँपालिका भरिका किरात राईहरुको वृहत भेलाबाट सर्वसम्मत रुपमा मन्दिप राईको अध्यक्षतामा २१ सदस्यीय किरात राई यायोक्खा गाउँ कमिटी साथै अदित राईको अध्यक्षतामा १५ सदस्यीय किरात राई कर्मचारी मञ्च समेत गठन भएको छ । 

खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको उभोखोला उपनामले चिनिने केपिलासगढी गाउँपालिका भित्र विशेष गरेर साम्पाङ, दुमी र कोयी किरात राईहरुको उद्गम थलो हो। नेपाल सरकारले १२ औ जनगणनाका लागि तयारी गरिरहेको जनगणना आ-आफ्नो पालिकाबाट वास्तविक सत्य तथ्य विवरण संकलनको लागि सबैमा सचेतना ल्याउन अभियानमा सधाउ पुराने लक्ष सहित नेपाल सरकारलाई सहयोग गर्ने पनी किरात राई यायोक्खा गाउ कमिटीका उपाध्यक्ष ललित चन्द्र राईले हिमाली संचारसंगको विशेष कुराकानीमा जानकारी दिएका हुन् । उपाध्यक्ष राई श्री सूर्य माध्यमिक विधालय सुङदेलका प्रधानाध्यापक समेत हुन्। 

किरातीहरुले आफ्नो मौलिक संस्कृतिको संरक्षणमा आफै जुट्नु पर्ने भेलाको निष्कर्षसँगै कमिटी गठन सम्पन्न भएको थियो ।  भेलाले किरात राई यायोक्खा गाउँ कमिटीको अध्यक्ष मन्दिप राई, उपाध्यक्ष ललितचन्द्र राई, सचिव लव कुमार राई, सहसचिव देउमान राई, कोषाध्यक्ष सरिता राई, सदस्यहरु पुष्पराज राई, इन्द्रकला राई, धन कुमार राई, ममता कोयी, शरण नाछिरिङ, हस्तराम राई, सोनित राई, भुपिन्द्र कोयी, पाँच कुमार राई, मिलन कुमार राई, दिनेश राई, महाशेर राई, रास बहादुर राई, राजन राई, आशिष राई र सावित्रा राई सहित २१ सदस्य गठन गरिएको हो। 

किरात राई कर्मचारी मञ्चका अध्यक्षमा अदित राई, उपाध्यक्ष उत्सव राई, सचिव टंक बहादुर राई, सहसचिव दिवस राई, कोषाध्यक्ष आश्मिका राई, सदस्य ध्रुवराज राई, सञ्जय राई, विजय राई, दिवस कुमार राई, खविराज राई, विकास राई, प्रकाश राई, नमिता राई, शिव कुमार राई, हरिकुमार राई, मनि कुमार राई र दिनेश राई सदस्य रहेको १५ सदस्यीय कमिटी समेत गठन गरेका छन् ।

केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईको अध्यक्षतामा भएको भेलामा गाउँपालिका अध्यक्ष कृष्ण कुमार राई, पाटन क्याम्पसका पूर्व प्राध्यापक एवम् किरात राई यायोक्खाको पुर्व केन्द्रिय अध्यक्ष चतुरभक्त राई, किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिराम राई, जिल्ला नर्वाचन अधिकृत एवम् किरात राई कर्मचारी मञ्च जिल्ला कमिटी खोटाङका अध्यक्ष कोपिला राई, सचिव युनिक साम्पाङ, दिरुम नपाका लेखाधिकृत एवम् किरात राई कर्मचारी मञ्चका जि.क. सदस्य राज कुमार राई, केपिलासगढी गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष शिव कुमार राईको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...