News Portal

  • गोर्खा सेनामा भर्ती गराउने नाममा घुस खाने दलालको भण्डाफोर गर्न आग्रह

    हिमालीसंचार संवाददाता
    ३६१ पटक

    धरान – बेलायती सेना तथा सिंगापुर पुलिसमा भर्ती गराइदिने नाममा दलालहरुले लाखौ लाख धुस लिईरहेको हुदा यस्ता दलाली प्रवृत्ति बढिरहेकोले त्यस्तो अन्याय विरुद्ध खोजी समाचार लेख्ने पत्रकारहरूका लागि विशेष पुरस्कारको घोषणा गरिएको छ ।

    गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले उक्त पुरस्कारको घोषणा गरेको हो । सेन्टरको धरान-१८ रत्न चौक स्थिति कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सेन्टरका संस्थापक सञ्चालक प्रेम मुकारुङ राईले विश्वमा नेपाललाई सगरमाथा, बुद्ध र वीर गोर्खाको देश भनेर चिनिने बताउँदै भने ‘तर त्यही वीर गोर्खाको नाम राख्न गोर्खा भर्तीमा जाने युवाहरू उनीहरूका अभिभावकहरु अन्यायको सिकार भइरहेका छन् ।’

    हजारौँको प्रतिस्पर्धाका बिच आफ्नै दक्षता, शारीरिक, शैक्षिक योग्यताको आधारमा छनौट हुने युवाहरू उनीहरूका अभिभावक सँग दलालहरूले १५ देखी पच्चिस लाख रुपैँया सम्म घुस माग्ने गरिएको खुलासा गर्दै उनले भने ‘त्यस्तो भ्रष्टाचार, अन्यायपूर्ण ठगी गर्ने प्रवृत्ति सञ्चार माध्यमहरूले भण्डाफोर गर्न जरुरी भएकाले पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।’

    आज गोर्खा ट्रेनिङ सेन्टरद्वारा घोषणा गरिएको दुई पुरस्कार मध्ये पहिलो ‘वीर गोर्खा पत्रकारिता पुरस्कार’ २० हजार राशिको हुनेछ । पुरस्कार सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिने छ । दोश्रो ‘वीर गोर्खा नव-प्रतिभा पत्रकारिता पुरस्कार’ १५ हजार रुपया राशिको हुनेछ । पुरस्कार सहित सम्मापत्र र दोसल्ला प्रदान गरिने छ ।

    नेपाल प्रेस युनियन, धरान उपमहानगर समितिको सहकार्यमा दुवै पुरस्कार प्रदान गरिने छ । पत्रकार सम्मेलनमा जारी विज्ञप्ति अनुसार प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन पुरस्कार प्रदान गरिने छ । पुरस्कृत पत्रकार चयन लाई निष्पक्ष, पारदर्शी बनाउन अग्रज, पत्रकार सञ्चारकर्मीहरूको राय, परामर्श लिइने छ ।

    पत्रकार सम्मेलनमा सञ्चालक मुकारुङले आफू बेलायती सेनामा भर्ती भएर जाँदा समेत अभिभावहरू सँग १५ लाख रुपैँया घुस मागेको अनुभव सुनाउँदै भने ‘धरान वडा १३ को एक परिवार सँग २५ लाख रुपैँया दलालहरूले असुल गरे तर उनको छोरो भर्ती लागेनन्, भएको घरबार बेचेर घुस दिन बाध्य पारिएका परिवार अहिले सर्दु खोलको सुकुम्वासीमा बस्न बाध्य छन् ।’ पूर्वमा यस्तो अन्यायको सिकार हुने युवा तथा अभिभावक आदिवासी जनजाति समुदायका परिवारहरू भएको उनले बताए । उनले भने ‘युवाहरूको आफ्नो योग्यता क्षमताका आधारमा भर्ती लाग्छन् तर भर्तीको नाममा अन्यायपूर्ण दलाली बन्द गर्नकै लागि गोर्खा कम्पनी ट्रेनिङ सेन्टर सञ्चालन गरिएको हो ।’

    अग्रज पत्रकार हर्ष सुब्बाले नेपालमा गोर्खा भर्ती सुरु भएदेखि धरान पूर्वकै केन्द्रबिन्दु रहेको बताउँदै भने ‘धरानमा धेरै ट्रेनिङ सेन्टरहरू छन् तर अहिले सम्म युवाहरू, अभिभावकहरू सँग अनैतिक रूपमा दसौँ लाख रकम असुल गर्ने दलाली विरुद्ध कसैले आवाज उठाएका थिएनन् ।’ पहिलो पटक गोर्खा कम्पनी ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका प्रेम मुकारुङ राई यसको भण्डाफोर गर्ने साहस गरेको बताए । गोर्खा सैनिकको समानताको आन्दोलनका बारेमा धरानका पत्रकारहरूले धेरै समाचार लेखेको उल्लेख गर्दै उनले भने ‘पत्रकार साथीहरूले अव गोर्खा भर्तीको नाममा दसौँ लाखको घुस खाने दलालीको बारेमा खोजी समाचार लेख्नुपर्ने दिन आएको छ ।’

    सेन्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘विश्व भरी आतङ्कवादको विरुद्धमा लडेर शान्ति स्थापना गर्ने वीर गोखालीहरु आफ्नो देशमा आफ्नो नेपाली दाजुभाइहरूको ठगी र दलालीको अन्यायमा पर्दै आएका छन् ।’ विभिन्न ट्रेनिङ स्कुल सञ्चालन गर्दै आएका सञ्चालकहरू र अन्य व्यक्तिहरूले सिधा–सोझा नेपाली दाजुभाइलाई भर्तीमा सोर्सफोर्स लगाउने भन्दै ठगि गरिरहेका छन् । विज्ञप्तिमा भनिएको छ ‘छनौट प्रकृया निःशुल्क, निष्पक्ष र पारदर्शी भएता पनि प्रत्येक वर्ष सयौं युवाहरू लाई दलालहरूले विभिन्न प्रलोभन देखाएर ठग्ने गरेका छन् ।’ गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले ती दलालहरुको् हातबाट युवाहरूलाई जोगाउने मिसन अघि बढाएको विज्ञप्तिमा उद्घोष गरिएको छ ।

    सोही अवसरमा सेन्टरका सञ्चालक प्रेम मुकारुङले सञ्चारकर्मी दिलीप रनोहाङको उपचारका लागि १० हजार रुपैँया आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल प्रेस युनियन धरानका निर्वतमान कोषाध्यक्ष रनोहाङ गएको महिना उच्च रक्तचापका कारण स्ट्रोक भई विराटनगर स्थित नोबेल मेडिकल अस्पतालमा उपचाररत छन् । उनलाई प्रदान गरिएको सहयोग रकम मुकारुङले प्रेस युनियन धरानका अध्यक्ष मातृका प्रसाद नेपाललाई हस्तान्तरण गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त...

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...

    गैरसरकारी संस्थाको खर्च सीमा तोक्ने विधेयकमा गृह मन्त्रालयले माग्यो राय

    काठमाडौं, भदौ  ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको...