News Portal

युएई सरकारले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता दिने

हिमालीसंचार संवाददाता
४१७ पटक

अबुधाबी – संयुक्त अरब इमिरेट्स (युएई)ले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने भएको छ। नागरिकता सम्बन्धी कानून संशोधन गर्दै युएईले यस्तो व्यवस्था गर्न लागेको हो।

शनिबार युएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन रशेद अल मकतुमले विशिष्ट प्रतिभा भएका, लगानीकर्ता, लेखक, इन्जिनियर वैज्ञानिक, चिकित्सक, कलाकार तथा उनीहरूको परिवारलाई नागरिकता प्रदान गर्ने व्यवस्था नयाँ संशोधनमा गरिएका बताएका छन्।

‘हरेक क्षेत्रमा छानिएका ती व्यक्तिलाई युएईको मन्त्रिपरिषद्, स्थानीय एमिराई अदालत तथा कार्यकारी परिषद्ले अनुमोदन गर्नुपर्छ’, प्रधानमन्त्री शेखले भने’, ‘युएईको पासपोर्ट लिनेलाई साविकको नागरिकता राख्न कानूनले दिनेछ।’ यस्ता नागरिकले युएईको चौतर्फी विकास र उन्नतिमा टेवा पुग्ने युएई सरकारले बताएको छ। एजेन्सी

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...