News Portal

महेश बस्नेतले सम्पादकहरूलाई धम्काएकोप्रति पत्रकार महासंधको भर्त्सना

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंधले भर्त्सना गरेको छ ।

बुटवलमा बुधबार भएको कार्यक्रममा पूर्वमन्त्री बस्नेतले विभिन्न सञ्चारमाध्यमका सम्पादकको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका थिए । पत्रकारले समाचार लेखेका कारण मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंधको ठहर छ ।

पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने घटनाको महासधले कडा शब्दमा भत्र्सना गरेको छ । प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न तथा यस्ता कार्य नदोहोर्‍याउन पनि महासंधले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।     

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...