News Portal

  • झापाको कनकाई नगरपालिकाको मेयर चढ्ने गाडी प्रहरीलाई

    हिमालीसंचार संवाददाता
    ३५९ पटक

    झापा – झापा लगायात देशका अन्य पालिकाहरुमा नगरप्रमुख उपप्रमुखहरुले महगो मुल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला यहाँस्थित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफुले चढ्ने गाडी समेत प्रहरीलाई प्रदान गरेका छन् ।

    विशेष कार्यक्रमका विच मेयर पोखरेलले आफु चढ्ने बुलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदय संम्सेर जबरालाई हस्तानतरण गर्नुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख पाखेररेलले आफुले चढ्नुभन्दा प्रहरीलाई दिदा जनताको जिउ धनको सुरक्षा बढी हुने भएकोले आफुले चढ्ने गाडी प्रहरीलाई दिएको बताउँनुभयो । मेयर पोखरेलले यस अघि समेत गाडी किन्न छुट्टाएको ५० लाख रुपैँया रकम समेत प्राविधिक शिक्षाका लागि प्रदान गर्नुभएको थियो ।

    सुरुङ्गा प्रहरीलाई कनकाई नगरपालिकाले यसअघि समेत प्रतिमहिना ७० हजारमा गाडी भाडा लिएर समेत केहि महिना उपलब्ध गराएको थियो तर महगो गाडीभाडामा लिदा नगरपालिकालाई वढी भार भएकोले आफु चढ्ने गाडी प्रहरीलाई दिएको पोखरेलले बताए ।

    यस बर्ष समेत अप्सनको उक्त बोरोरो गाडी मेयरका लागि भनेर आएकोमा हाल इलाका प्रहरी कार्यालय सुरुङ्गाका गाडी जिर्ण भएर थक्नेका कारण प्रहरीलाई दिइएको नगरप्रमुख पोखरेलले बताए । प्रहरीले गाडी पाएपछि जनताको सुरक्षाका लागि आफुहरुलाई सहज भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख जबराले बताए । प्रहरी प्रमुख जबराका अनुसार; “हामीलाई नगरपालिकाले गाडी दिनैपर्छ भन्ने पनि थिएन तर प्रहरी मैत्री नगरपालिका भएका कारण काम गर्न सजिलो भएको छ।”

    कनकाई नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधि आएपछि हालसम्म पनि कुनै गाडी खरिद गरेको छैन । गाडी हस्तानतण कार्यक्रममा कनकाई नगरपालिका उपप्रमुख मन्जु प्रसाई, प्रमुख कार्याकारी अधिकृत मोहनप्रसाद नेउपाने वार्डअध्यक्षहरु पर्शुराम गिरी लगायातको सहभागिता रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

    काठमाडौँ -शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।राष्ट्रपति...

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...