News Portal

लिखित जवाफसहित उपस्थित हुन प्रधानमन्त्री ओलीलाई सर्वोच्चको आदेश

हिमालीसंचार संवाददाता
५९८ पटक

काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपीशर्मा ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ। सर्वोच्चले प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह अदालतको अवहेलना गरेको भनी परेको मुद्दामा लिखित जवाफ दिने गरि उपस्थित हुन आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले पेश गर्नु भएको उजुरीमा सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलाशले प्रधानमन्त्री ओलीको नाममा आदेश जारी गरेको हो।

प्रधानमन्त्री ओलीले कानून व्यवसायीहरूलाई होच्चाएको, इजलासमा जारी बहसलाई तमासा भनि टिप्पणी गरेको , सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको मुद्दामा अभिव्यक्ति दिएको भन्दै अवहेलना सम्बन्धि उजुरी दर्ता भएको थियो।

प्रधानमन्त्रीबिरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले केही दिनअघि अवहेलना सम्बन्धि मुद्धा दर्ता गर्नु भएको थियो। प्रधानमन्त्री ओलीले ९४ बर्षिय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’लाई सर्वोच्च लगेर तमासा देखाएको टिप्पणी गर्नु भएको थियो।

प्रधानमन्त्रीको टिप्पणीले समग्र न्यायपालिकालाई अवहेलना गरेकोले मुदा दर्ता गर्नु परेको अधिबक्ताद्वय आचार्य र न्यौपानेले प्रतिक्रिया दिँदै आउनु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...