News Portal

लिखित जवाफसहित उपस्थित हुन प्रधानमन्त्री ओलीलाई सर्वोच्चको आदेश

हिमालीसंचार संवाददाता
५७२ पटक

काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपीशर्मा ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ। सर्वोच्चले प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह अदालतको अवहेलना गरेको भनी परेको मुद्दामा लिखित जवाफ दिने गरि उपस्थित हुन आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले पेश गर्नु भएको उजुरीमा सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलाशले प्रधानमन्त्री ओलीको नाममा आदेश जारी गरेको हो।

प्रधानमन्त्री ओलीले कानून व्यवसायीहरूलाई होच्चाएको, इजलासमा जारी बहसलाई तमासा भनि टिप्पणी गरेको , सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको मुद्दामा अभिव्यक्ति दिएको भन्दै अवहेलना सम्बन्धि उजुरी दर्ता भएको थियो।

प्रधानमन्त्रीबिरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले केही दिनअघि अवहेलना सम्बन्धि मुद्धा दर्ता गर्नु भएको थियो। प्रधानमन्त्री ओलीले ९४ बर्षिय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’लाई सर्वोच्च लगेर तमासा देखाएको टिप्पणी गर्नु भएको थियो।

प्रधानमन्त्रीको टिप्पणीले समग्र न्यायपालिकालाई अवहेलना गरेकोले मुदा दर्ता गर्नु परेको अधिबक्ताद्वय आचार्य र न्यौपानेले प्रतिक्रिया दिँदै आउनु भएको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...