News Portal

काँग्रेसका ११ आरोप : संविधान कार्यान्वयनमा यसरी चुक्यो सरकार

हिमाली संचार संवाददाता
६२५ पटक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान कार्यान्वयनमा वर्तमान केपी ओली नेतृत्वको सरकार चुकेको बताएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा ३ तहको निर्वाचन सम्पन्न भएर कार्यान्वयनको ऐतिहासिक चरण पुरा भएपनि  निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यताप्रति सरकार उदासिन भएको आरोप लगाएको हो ।
यस्ता छन् काँग्रेसका ११ आरोप
संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै अधुरो ?

१.    संघीयता सहितको संविधान बन्यो र निर्वाचन मार्फत प्रदेश सरकार गठन भयो तर संघियतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले ईच्छाशक्ति र क्षमता प्रस्तुत गर्न सकेको छैन ।
२.    दुईवटा वाहेक अन्य प्रदेशको नामाकरण समेत हुन सकेको छैन ।

३.     प्रदेश राजधानीहरुको अन्तिम टुङ्गोले गम्भिरता पूर्वक विषय प्रवेश समेत पाएको छैन ।

४.     राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघिय सरकारले ढिलाई गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्तत संघीयतालाई अलोकप्रिय बनाउने डिजाईनलाई बल पुगेको छ ।

५.     संघीय सरकार र प्रदेश सरकारविच सहज तादाम्यता स्थापित नगरीएका कारण केन्द्र र प्रदेश विचको द्वन्द सार्वजनिक भेलाहरु मार्फत नै प्रकट हुँदै गएको छ र त्यसले नकारात्मक प्रभाव बढाएको छ  ।

संविधानप्रति अपनत्व विस्तारमा चुक्यो सरकार
६.    संविधान संशोधनको विगतको प्रस्तावलाई राष्ट्रघात करार गरेपनि वर्तमान सरकारको नेतृत्वले अन्तत संशोधन आवश्यक ठहर त ग¥यो तर सत्ताको बार्र्गेिनङ चिप्सका रुपमा प्रयोग गरेर अन्तत त्यसलाई अघि बढाएन । परिणाममा अपनत्व विस्तारको विषय अझै अधुरो छ ।

७.    परिणाममा सरकारमा रहेका केहिले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कही नभएको विचित्रको चित्र प्रस्तुत भइ रहेको छ । यस्तो स्थिति बन्नु बर्तमान सरकारको नेतृत्वकै असफलता हो भन्ने हाम्रो ठहर छ ।

संविधान पालनामा पनि चुक्यो सरकार
८.    संविधान पालनाको पहिलो कर्तव्य सरकारको हो तर संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन नहुनु यसको पालनामा सरकारको इमान्दारीता नरहेको गम्भीर उदाहरण हो ।
संविधान अनुरुप लोकतान्त्रिक चरित्र भएन

९.    प्रतिपक्षलाई प्रतिपक्ष होइन भन्ने अभिव्यक्ति, निसेधाज्ञा, टिभि प्रस्तोतालाई कारवाही, कयौ सरकारी समाचार संस्थाबाट पत्रकारको विदाई, समाचार साभार गरेकोमा पत्रकारलाई हतकडी यी यस्ता उदाहरण हुन् जसले पुष्टि गर्छ, लोकतान्त्रिक प्रकृयाबाट नयाँ सरकार त बन्यो तर सरकार लोकतान्त्रिक चरित्रको बन्न सकेन ।
संविधान सफलताका लागि शान्ति सुरक्षाको प्रश्न

१०.    संविधान र सरकारसँग नागरीकको मुख्य अपेक्षा सदैव शान्ति सुरक्षा र समृद्धि हुन्छ । शान्ति सुरक्षाको प्रभावकारी बन्दोवस्तले संविधानको सफलतालाई एकातर्फ सघाउँछ भने अर्कोतर्फ समृृद्धिको यात्रालाई बल पु¥याउँछ । तर यो सरकार बनेपछिको बितेको ७ महिनामा शान्ति सुरक्षाको स्थिति अत्यन्तै विग्रीएर गएको छ र सरकार सवैभन्दा वढी असफल यो प्रकरणमा भएको छ ।

११.    निर्मला पन्तको प्रकरण अनेक कोणवाट कालो धब्बा बन्न पुगेको छ । दोषीलाई जोगाउन र निर्दोशलाई दोषी करार गर्न खोज्ने, न्याय माग्दा गोली चलाउने र अर्को बालक मारिने । ‘निर्मलालाई न्याय’ नाराका साथ देशको १९ स्थानमा जन प्रदर्शन भइरहेकै दिन सम्माननीय प्रधानमन्त्रीको कार्यकर्तालाई अरिगांल झै जाईलाग्न भड्काउयुक्त भाषणको सन्देश के हो ? यो शैलिले के शान्ति सुरक्षालाई बढावा दिन्छ ? के यहि प्रवृत्तिको निरन्तरताले संविधानलाई सफल बनाउन सकिन्छ ?

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...