News Portal

ट्राफिक स्वयंसेवक परिचालन काठमाडौंमा

हिमालीसंचार संवाददाता
२४७ पटक

काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने भन्दै ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना स्काउटहरुलाई ट्राफिक स्वयंसेवक बनाई मङ्गलबारदेखि काठमाडौंका विभिन्न १५ स्थानमा परिचालन गरिएको हो

उपत्यकाको सवारी चाप हुने तथा पैदलयात्री भीडभाड हुने स्थानमा सहज र सुरक्षित गर्ने लक्ष्यसहित स्काउटका स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरुले नागरिकलाई सही तरिकाले सही ठाउँबाट बाटो काट्न सिकाउने बताए।

स्वयंसेवकले जथाभावी बाटो काट्ने, फुटपाथको प्रयोग नगर्ने पैदलयात्रीहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै नियम पालना गर्न सन्देश प्रवाह गर्नेछन् । कुनै पनि सवारीले ट्राफिक नियम पालना नगरेमा वा जथाभावी फुटपाथ अतिक्रमण गरेको देखेमा नजिक ट्राफिक प्रहरीलाई जानकारी दिने समेत जनाएको छ।

 

 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...