News Portal

टिका श्रेष्ठको पहलमा शुक्रराजको उपचारका लागि आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
४३८ पटक

उर्लाबारी – एक्कासी हात र खुट्टा चल्न छोडेपछि थलिएका मोरङ उर्लाबारी-९, भोटेपुलका शुक्रराज याक्सोको उपचारका लागि आर्थिक सहयोग जुटेको छ ।

उर्लाबारी-९, घर भई अष्ट्रेलियामा रहनुभएका टिका श्रेष्ठको पहलमा याक्सोलाई नगद ३९ हजार १ सय १५ रुपैंया आर्थिक सहयोग गरिएको हो । उक्त रकम याक्सोको घरमै पुगेर टिकाको आमा तथा महिला सदस्य हुकुमाया श्रेष्ठले याक्सो परिवारलाई हस्तान्तरण गरेका हुन् । याक्सोको उपचारका लागि टिका श्रेष्ठसँगै अशोक चेम्जोङ, मनोज तुम्बाहाम्फे, साम श्रेष्ठ, किरण राई, सन्देश सुब्बा र शशी चोङबाङले संयुक्त रुपमा सहयोग गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा महिला नेतृ मिना पौडेल, समाजसेवी रुद्र सुब्बा, स्थानीय युवा दिनेश थापा मगर लगायतको उपस्थिती रहेको थियो । अष्ट्रेलियाबाट टिका श्रेष्ठले अनलाईन कुराकानी गर्दै शुक्रराजको उपचारमा सहयोग पुर्याउन पाउँदा खुशी लागेको बताउदैं शिर्घ स्वास्थ्य लाभको कामना गरेका थिए ।

टिकाको अनुसार: हिजो हामीले गाउँदेखि बढेको भाई अचानक बिरामी भएर थलिएको सुन्दा दुख लाग्यो, भाईको उपचारमा केही सहयोग पुगोस भनेर सहयोग गरेका हौ। पछि थप सहयोग चाँहिए पुनः सहयोग गरौला । सबैले सहयोग गरेर भाईको उपचार सफल बनाऔं ।

शुक्रराजको हातको इसाराले बोल्छन् । बोलेको बुझिन्न् । त्यसमा पनि हात खुट्टा नै नचल्ने अबस्था भएपछि परिवार तथा स्थानीय दुखी भएका छन् । महिला सदस्य हुकुमाया श्रेष्ठले वडा स्तरबाट पनि गर्न सकिने सहयोगको लागि वडामा आउन अनुरोध गर्नुभयो । शुक्रराजका दाई आइतराज याक्सोले भाईको उपचारमा सहयोग पुर्याउनुभएका सहयोगीदातालाई धन्यवाद तथा आभार प्रकट गरेका थिए। 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...