News Portal

टिका श्रेष्ठको पहलमा शुक्रराजको उपचारका लागि आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
४७४ पटक

उर्लाबारी – एक्कासी हात र खुट्टा चल्न छोडेपछि थलिएका मोरङ उर्लाबारी-९, भोटेपुलका शुक्रराज याक्सोको उपचारका लागि आर्थिक सहयोग जुटेको छ ।

उर्लाबारी-९, घर भई अष्ट्रेलियामा रहनुभएका टिका श्रेष्ठको पहलमा याक्सोलाई नगद ३९ हजार १ सय १५ रुपैंया आर्थिक सहयोग गरिएको हो । उक्त रकम याक्सोको घरमै पुगेर टिकाको आमा तथा महिला सदस्य हुकुमाया श्रेष्ठले याक्सो परिवारलाई हस्तान्तरण गरेका हुन् । याक्सोको उपचारका लागि टिका श्रेष्ठसँगै अशोक चेम्जोङ, मनोज तुम्बाहाम्फे, साम श्रेष्ठ, किरण राई, सन्देश सुब्बा र शशी चोङबाङले संयुक्त रुपमा सहयोग गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा महिला नेतृ मिना पौडेल, समाजसेवी रुद्र सुब्बा, स्थानीय युवा दिनेश थापा मगर लगायतको उपस्थिती रहेको थियो । अष्ट्रेलियाबाट टिका श्रेष्ठले अनलाईन कुराकानी गर्दै शुक्रराजको उपचारमा सहयोग पुर्याउन पाउँदा खुशी लागेको बताउदैं शिर्घ स्वास्थ्य लाभको कामना गरेका थिए ।

टिकाको अनुसार: हिजो हामीले गाउँदेखि बढेको भाई अचानक बिरामी भएर थलिएको सुन्दा दुख लाग्यो, भाईको उपचारमा केही सहयोग पुगोस भनेर सहयोग गरेका हौ। पछि थप सहयोग चाँहिए पुनः सहयोग गरौला । सबैले सहयोग गरेर भाईको उपचार सफल बनाऔं ।

शुक्रराजको हातको इसाराले बोल्छन् । बोलेको बुझिन्न् । त्यसमा पनि हात खुट्टा नै नचल्ने अबस्था भएपछि परिवार तथा स्थानीय दुखी भएका छन् । महिला सदस्य हुकुमाया श्रेष्ठले वडा स्तरबाट पनि गर्न सकिने सहयोगको लागि वडामा आउन अनुरोध गर्नुभयो । शुक्रराजका दाई आइतराज याक्सोले भाईको उपचारमा सहयोग पुर्याउनुभएका सहयोगीदातालाई धन्यवाद तथा आभार प्रकट गरेका थिए। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...