News Portal

उदयपुर जिल्लाबाट सामूहिक बलात्कारको आरोपमा फरार रहेका एक जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
३६७ पटक

उदयपुर – उदयपुरमा सामूहिक बलात्कार गरी फरारको सुचीमा रहेका एक जना युवालाई प्रहरीले काठमाण्डौको मैना मैजु क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ४ बस्ने २२ वर्षीय गुणे-लोटे (गोबिन्द) भनिने गुणराज विष्ट पक्राउ परेको उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।

२०७६साउन १७ गते उदयपुर ४ गुरुङ्गचौरी स्थित जनता माध्यमिक विद्यालयको परिसरमा सामूहिक बलात्कारको प्रतिकार गर्दा एक १८ वर्षीय युवतीलाई छतबाट खसालिएको थियो ।  उनी गम्भिर घाइते भएकी थिइन भने कम्मरदेखि मुनिको भाग पुर्णरुपमा नचल्ने अवस्थामा पुगेकी छिन् ।

सो घटनामा थप २ जनाको संलग्नता देखिएको प्रहरीको भनाई छ । उक्त घटनामा संलग्न मध्येका गुणराजलाई हिजो काठमाण्डौको मनमैजु भन्ने स्थानबाट उदयपुरबाट परिचालित विशेष प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिको थप अनुसन्धान भइरहेको साथै फरार रहेको अन्यको खोजी प्रहरीले गरीरहेको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...