News Portal

झापा जिल्लाबाट ब्राउनसुगर र लागुऔषध सहित तीन जना पक्राउ

हिमालीसंचार संवाददाता
३६५ पटक

अविन माबो/झापा-  झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित विभिन्न लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका २ का २१ वर्षीय कनैया गनगाई र २० वर्षीय राज कुमार गनगाईलाई ३६ ग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित हिजो साँझ ६ बजे दमक नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका २ का ३१ वर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपाम सहित मेचीनगर नगरपालिकाबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...