News Portal

झापा जिल्लाबाट ब्राउनसुगर र लागुऔषध सहित तीन जना पक्राउ

हिमालीसंचार संवाददाता
३३८ पटक

अविन माबो/झापा-  झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित विभिन्न लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका २ का २१ वर्षीय कनैया गनगाई र २० वर्षीय राज कुमार गनगाईलाई ३६ ग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित हिजो साँझ ६ बजे दमक नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका २ का ३१ वर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपाम सहित मेचीनगर नगरपालिकाबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...