News Portal

मोरङमा चिहान खन्ने झाँक्रीलाई भव्य सम्मान

हिमालीसंचार संवाददाता
५२६ पटक

मोरङ – मोरङ जिल्लाको वोलबारीमा एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको थिए। बेलबारीमा एकाएक झाँक्रीले चमत्कार गरेका छन । करिब ६ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित भएका थिए । बच्चादेखि वृद्ध बिरामी परेपछी झाक्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

झाक्रीले चार दिन, चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको चमत्कार गरेका छन । ६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिवी सहित करिब २ सय मानिसहरुले रातको समयमा चिहान खन्न भनेर जङ्गलमा पुगेका थिए । ६ बर्ष पहिलेको चिहानको कुनै निशाना नै थिएन ।

चारैतिर झार उम्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबाब दिएपछी झाक्रीले धेरैबेर ढ्याङ्रो बजाउदै जोखाना हेरेर एउटा ठाउँ देखाएपछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित भएका थिए ।

त्यहा खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । झाक्रीले कसैले नसोचेको चमत्कार गरेका छन । उनको यो कामले विज्ञानलाई समेत चुनौती दिएको छ । ३ सय घर भएको एउटा पुरै गाँउलेहरुले झाक्रीको भव्य स्वागत र सम्मान समेत गरेका छन । 

प्रतिकृया दिनुहोस्

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...