News Portal

मोरङको रंगेलीमा पाँचौ सहिद दिवस श्राद्धाञ्जली सभा सम्पन्न

हिमालीसंचार संवाददाता
४०५ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको श्रद्धाञ्जली सभा तथा सहिद परिवार सम्मान कार्यक्रम रंगेली गरिएको छ। २०७२ साल माघ ७ गते मधेश आन्दोलनका क्रममा ज्यानको आहुति दिएका सहिदहरुको सम्झनामा प्रत्येक बर्ष सहिद परिवरका सदस्यहरुलाई सम्मान तथा मृतकहरुलाई पाँचौ श्रद्धाञ्जली सभा  सहिद दिवस सम्पन्न गरेका छन् ।

आयोजित कार्यक्रममा रंगेलीका मुख्य बजारका चौकमा सहिद दिवस मनाएका हुन । आयोजित कार्यक्रममाको प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी सदस्य शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी ओलीको कदमले मधेश आन्दोलनबाट प्राप्त अधिकारहरु जोखिममा परेको बताएका छन् । 

आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता भण्डारीले आफूहरु अहिलेको संविधानमा प्राप्त अधिकारलाई संरक्षण गर्दै अपुरो रहेको हकअधिकारको लडाईमा रहेको बताए । तर प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नै नरहेको अधिकार प्रयोग गरि प्रतिनिधिसभा विघटन गरेको उनले बताए । उनले भने ‘प्रधानमन्त्रीले संघीयतासहित प्राप्त अधिकारहरुलाई मास्ने नियत राखेर संसद विघटन गरेका हुन्, उहाँ ४७ सालकै संविधानतर्फ फर्किदै हुनुहुन्छ । 

नेता भण्डारीले न्यायालयले संविधानको सही व्याख्या गरेर जनतालाई न्यायालयप्रतिको विश्वास दिलाउने विश्वास व्यक्त गरे। सो अवसरमा मधेश आन्दोलनका क्रममा सहिद भएका द्रोपतिदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेव गरी तीनजना सहिद परिवारलाई सम्मानसमेत गरिएको थियो । 

आयोजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य अर्मेन्द्र सिंह, सञ्जय सिंह, शंकरप्रसाद साह, महिला नेतृ रञ्जु बर्मा, दलित केन्द्रीय अध्यक्ष श्याम सरदार, प्रदेशसभा सदस्य जयराम यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, शिशुपाल यादव ,शंकर प्रसाद साह, पन्नालाल मंण्डल   लगायतले प्रधानमन्त्रीले गरेका कामका बारेमा टिप्पणी समेत   गरेका थिए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...